मुस्ताङ जनहित क्याम्पसमा उम्मेदवारी दर्ता विरुद्ध अनेरास्ववियूको प्रेस विज्ञप्ती !

केशव वि.क., मुस्ताङ २०७३ फागुन १५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी मुस्ताङले विद्यार्थी संगठनलाई मनोमानी ढंगले अखिल क्रान्तीकारीको प्यालनमा नाम प्रकाशन गरेको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

मुलुकको जिम्मेवार विद्यार्थी संगठन मध्येका संगठनहरुले सांगठनिक दरिद्रता प्रर्दशन गर्दै आफुहरुलाई थाहै नदिई मनोमानी ढंगले विपरित प्यानलमा आवद्ध गराई सामाजिक अपमान÷चरित्रहत्या गरेकोमा सो संगठन प्रति आपत्ती घोर भ्रत्र्सना र खेद प्रकट गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो ।

अनेरास्ववियूमा आवद्ध संगठित एवं क्रियाशिल सदस्यहरु अखिल क्रान्तीकारीको प्यानलमा सभापतिमा भीमकुमारी पुर्जा, कोषाध्यक्षमा सन्ध्या पुर्जा, समानुपातिक उपसभापतिमा पम्फा गुरुङ, सचिवमा रविन पाइजा, सदस्यमा प्रतिक्षा परियार लगायतलाई थाहै नदिई नोमिनेट गरेको र उम्मेदवारको नामावली प्रकाशन पश्चात मात्र आफुहरुलाई थाहा भएको विज्ञप्तीमा जनाइएको छ ।

आगामी फागुन १८ गते हुन गैरहेको स्ववियू निर्वाचनको लागि जनहित बहुमुखि क्याम्पस जोमसोममा अनेरास्ववियूको प्यानलले दर्ता नं. १ मा उम्मेदवारी दर्ता गराएको र त्यसको केही समय पश्चात अखिल क्रान्तीकारीले दर्ता नं. २ र नेवि संघले दर्ता नं. ३ मा उम्मेदवारी दर्ता गराएको थियो । अखिल क्रान्तीकारीले नोमिनेट गरेका उम्मेदवारहरु पहिले नै अनेरास्ववियू मार्फत दर्ता भैसकेको अनेरास्ववियू मुस्ताङका अध्यक्ष पेमा छेतेन विकले बताए ।
आफुहरुलाई कुनै जानकारी नदिई नोमिनेट गरेको भन्दै अखिल क्रान्तीकारीले नोमिनेट गरेका अनेरास्ववियूका विद्यार्थीहरुले आफुहरु अनेरास्ववियू प्यानलमै भएको भन्दै दाबी विरोध गरेका छन् । साथै आफुहरु सो संगठनको प्यानलमा नरहने÷नरहेको सार्वजनिक जानकारी गराउँदै अझ बढि जिम्मेवारका साथ आफ्नै संगठन अनेरास्ववियू कै प्यानलबाट चुनाव लड्ने, प्रचारप्रसार गर्नुका साथै विजयी हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *