ताराखोलाका दुई वडा पूर्ण सरसफाइयुक्त घोषणा : सरसफाईमा ध्यान दिन जरुरी- ढुंगाना

पूर्ण भद्र निउरे, ताराखोला २०७५ असार २० । ताराखोला गाउपालिकाको वडा न ४ र ५ लाई आज एक कार्यक्रमका बिच पूर्ण सरसफाइ युक्त वडा घोषणा गरिएको छ। वडा न ४ र ५ का ८ सय ८ घर धुरीका करिब ३ हजार ८ सय ७९ जनसंख्या र् दुबै वडाका सम्पूर्ण सार्वजनिक स्थल तथा संघ सस्थाहरुमा पूर्ण सर्सफाइका सुचकहरु पूरा भए पछि दुबै वडा लाई पूर्ण सरसफाइ युक्त वडा घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले सरसफाइ मानव जीवन सङ्ग जोडिएको बिषय भएकाले सबैले ब्याक्तिगत देखि पारिवारिक र बाताबरणीय सरसफाइमा ध्यान दिनु पर्नेमा जोड दिए । घोषणालाई दिगोपना दिन जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुको भुमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषाल , पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका सल्लाहकार रितु चौलागाईं, ताराखोला गाउँपालिकाका प्रमुख राजनीतिक सल्लाहकार नरेश के सी , वडा न ३ का अध्यक्ष डिल बहादुर बस्नेत , स्वास्थ शाखा प्रमुख शंकर बिष्ट,दुर्गा भवानी मा बि प्र अ टेक बहादुर घर्ती , असारे युवा क्लबका अध्यक्ष प्रकाश रोका महिला संजाल वडा न ५ का अध्यक्ष कौशिला घर्ती लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समिती ताराखोला ४ का अध्यक्ष तथा वडा अध्यक्ष जित बहादुर खत्रीले पूर्ण सरसफाइ घोषणा सम्बन्धि प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नवसृजना युवा क्लब द्वारा स्वास्थ सरसफाइ सम्बन्धि चेतना मुलक गीत प्रस्तुत गरिएको ििथयो। कार्यक्रम शुरु हुनु पूर्ब सरसफाइ सम्बन्धि प्लेकार्ड बाजागाजा सहित चेतनामूलक र्यालि निकालिएको थियो । कार्यक्रम वडा न ५ का अध्यक्ष राम बहादुर रोकाको अध्यक्षता बाँस संयोजक भिमा रोकाको स्वागत र वडा सचीव हरि बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *