गल्कोट नगरपालिकास्तरीय सार्वजनिक सुनुवाई असार २२ गते हुने

घनश्याम गौतम, गल्कोट २०७५ असार २० । गल्कोट नगरपालिकाको आर्थिक सहयोग र गल्कोट एफएमको आयोजनामा गल्कोट नगरपालिका स्तरिय सार्बजनिक सुनुबाई कार्यक्रम असार २२ गते गरिने भएको छ । बित्तिय ब्यवस्थापन सशासन र पारदर्शिताका लागी सञ्चालित कार्यक्रम सार्बजनिक सुनुवाई असार २२ गते शुक्रबार दिउसो १२ बजेबाट गलकोट नगरपालिका बडा नम्बर ३ मा सञ्चालन गरिने भएको हो । कार्यक्रम सार्बजनिक सुनुबाईमा गल्कोट नगरपालिकाले सञ्चालन गरेका नीति तथा कार्यक्रम, सञ्चालित योजना, अनुगमन तथा कार्यक्रमको प्रभाबकारिता लगाएतको बिषयमा प्रत्यक्ष सबाल जबाफ गर्ने गरिन्छ ।

कार्यक्रममा गल्कोट नगरपालिकाका सबैजसो कार्यक्रमको कार्यान्वयनको चरण सेवा प्रबाहमा भएका सहजता असहजता लगाएतका बिषयमा स्थानियले स्थानिय सरकार सगं प्रत्यक्ष साक्षातकार गर्ने माध्यमको रुपमा समेत सार्बजनिक सुनुबाईलाई लिइएको छ ।

कार्यक्रममा स्थानियका सबाल जवाफको सहजिकरण नगर प्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा र सेवा प्रवाहको बिषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा बिषयगत शाखाका अधिकृतहरुले गर्नुहुने एफ एमले जनाएको छ ।

कार्यक्रमलाई गल्कोट एफएमले पैत्यक्ष प्रसारण गर्ने जनाएको छ । कार्यक्रममा जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधी, गलकोट नगरपालिकामा आर्थिक बर्ष २०७४ ०७५ मा सञ्चालीत योजनका उपभोक्ता समितिका पदाधिकारी सरोकारबाला तथा स्थानिय सम्पुर्णलाइृ कार्यक्रममा सहभागिताको लागी आग्रह समेत गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रम गत बैशाख तथा चैत्र महिनामा गल्कोट नगरपालिकाका सबै बडाहरुमा सञ्चालन गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *