बडीगाडको खर्वाङमा ३ दिने उद्घोषण तालिम सम्पन्न

कमल पौडेल, बडीगाड (खर्वाङ) २०७५ असार २० । बडीगाड गाउँपालिकाको आर्थिक सहयोग, वडा नं। २ को आयोजना तथा रेडियो सारथीको समन्वयमा ३ दिने उद्घोषण तालिम खर्वाङमा सम्पन्न भएको छ।

वडा नं। २ भित्रका विभिन्न उपभोक्ता समिति तथा आयोजनामा ५० जनाको सहभागिता रहेको तालिम मंगलवार सकिएको हो। तालिम समापन कार्यक्रममा वडा अध्यक्ष हिमा खरेल, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, महिला तथा वालवालिका सशक्तिकरण केन्द्र बडीगाडका अध्यक्ष विना थापा, युवा मञ्च बडीगाडका अध्यक्ष ढालेन्द्र शेरचन, स्वास्थ्य इकाई खर्वाङका प्रमुख रमेश फुयाँल, सहभागिको तर्फवाट चुमकान्त पोखरेल र लिला रानाले मन्तव्य व्यक्त गरेका थिए ।

समापन कार्यक्रम, कार्यक्रम संयोजक एवं वडा सचिव सुनिता पुनको अध्यक्षता पत्रकार कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *