आजको तस्वीर : सुन्दर सेरावाङको मनोहर दृश्य !

बुर्तिवाङ २०७५ असार १९ । आकाश बादलिएको छ । मौसम चिसोचिसो छ । सिमसिम पानी पर्न सुरु गरेको छ । लाग्छ मनसुनले दस्तक दिई सकेको छ । यताउता वरपर हरियाली छाएको छ । धान रोपाईँ अन्तिम चरणमा छ । हरिया मकैका बोटहरुले खेतबारी ढपक्क ढाकेको छ । दुधे मकैको फाँडो खाँदाको स्वाद चाख्न यहि सुन्दर फाँटमा जाउँजाउँ जस्तो लागेको छ । यो सुन्दर गाउँ ढोरपाटन जाने बाटोमा पर्दछ ।

साबिक बोवाङ गाउँ विकास समिति हाल ढोरपाटन नगरपालिका वडा नं ८ मा रहेको यो सुन्दर गाउँलाई सेरावाङ नामले पुकारिन्छ । सुन्दर सेरावाङका मनोहर तस्वीरहरुलाई मित्र दिपक पराजुलीले सामाजिक सन्जालमा अपलोड गरेर प्राकृत सौन्दर्यलाई हामी सबैका सामु पस्किएका छन् । केहि तस्वीरहरु सिधै ईबागलुङलाई प्रेषित गरेर सहयोग पनि गरेका छन् । धन्यवाद !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *