कस्मीसेरामा पत्रकार राना बचाउ अभियान सुरु, आज मात्रै रु. ४४ हजार संकलन !

कुस्मीसेरा, २०७५ असार १८ । शुभेक्षा एफ एम र साहारा क्लव जैमिनी नगपालिका १ कुस्मीसेराले पत्रकार विजय राना बचाउ अभियान सुरु गरेको छ । प्लास्टिक एनिमिया रोगबाट पीडित पत्रकार रानाको पारिवारीक अवस्थाले उपचार सम्भव नभएकाले उनको उपचारको लागी आफुहरुले पनी सहयोग रकम संकलन थालेको शुभेक्षा एफ एमका प्रवन्धक सुजन प्रेमीले बताए ।

जैमिनी नगरपालिका कुस्मीसेरामा रहेको साहारा क्लवका अध्यक्ष सुरेश सुनारले विभिन्न सामाजिक काम गर्दै आएकोमा यस अभियानलाई पनि ठुलो रुपमा सञ्चाल गरिने जानकारी दिए ।

सोमबार कुस्मीसेरा बजारमा रकम संकलन अभियान सन्चालन गरिएको थिया ४४ हजार १ सय ३० रुपैया संकलन भएको प्रेमीले बताए । पत्रकारीता पेशामा लाग्दा आप्mनो आर्थीक स्थिती मजबुद नहुने हुदा ठुलो रकम आवस्यक पर्दा जोसुकैले पनि जो कसैलाइ सहयोग गर्नुपर्ने बताउँदै आफुहरुले पनि सो अभियान सञ्चालन गरेर पत्रकार बचाउन लागीपरेको शुभेक्षा एफ एमकी स्टेसन म्यानेजर सन्ध्या आचार्यले बताईन ।

साहारा क्लवका सचिव दिलिप थापाले यस्तो अभियान एक्लैले सम्भव नहुने हुदा सहकार्य गरि अभियान चलाइएको र यसमा सबैले सहयोग र साथ दिनको लागी अपिल गरे ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका ७ जैदीमा जन्मिएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका कोषाध्यक्ष तथा परिसुचन साप्ताहिकका कार्यकारी सम्पादक, विजय राना प्लास्टिक एनिमिया (शरिरले रगत उत्पादन नगर्ने) रोगबाट पीडित भै हाल अस्पतालमा उपचाररत छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *