बोबाङमा ग्लोबल आइएमइ बैँकको शाखारहित बैंकिङ सेवा विस्तार !

बुर्तिवाङ २०७५ असार १८ । ुग्लोबल आइएमइ बैँकले ढोरपाटन नगरपालिकाको वडा नं. ८ बोबाङमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी शाखारहित बैंकङ सेवा सुरु गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा नं. ८ का वडा सदस्य लिङ्कन घर्तीले विकट स्थानमा पनि बैंकले साखारहित सेवा विस्तार गरेकोमा खुसी व्यक्त गर्दै सानाभन्दा साना वित्तीय कारोबारका लागि पनि बुर्तिबाङ नै जानुपर्ने बाध्यता पनि हट्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शाखारहित सेवाका प्रतिनीधि मुकुन्द भट्टराई, बुर्तिबाङ शाखाका निमित्त प्रमुख रविन पौडेल लगायतले बोलेका थिए भने कार्यक्रममा जनप्रतिनीधिहरु लालबहादुर विक, बेलमती घर्तिमगर, हिलटप बोर्डिङ स्कुलका प्रिन्सिपल ढालेन्द्र पुन लगायत रेडियो परिवर्तन, रेडियो बुर्तिबाङ र रेडियो ढोरपाटनका सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम बुर्तिबाङ शाखाका निमित्त प्रमुख रविन पौडेलको अध्यक्षता, शाखा सञ्चालक श्याम घर्तिको स्वागत मन्तव्य र बाबुराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *