बिपदको साथी रेडक्रस : बिपद पूर्वको तयारीबारे प्रजिअ खरेलव्दारा रेडक्रस बागलुङको निरीक्षण !

बागलुङ २०७५ असार १८ । नेपाल रेडक्रस सोसाईटी बागलुङले आज प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई स्वागत गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यसमितिको नियमित बैठकमा प्रजिअ खरेलको विशेष उपस्थितिमा जिल्लामा बाढी पहिरो जस्ता विपद आईपर्ने सम्भावनालाई मध्यनजर गरी राहत सामाग्री जुटाउने र केन्द्रमा मागगर्ने विषयमा छलफल भएको रेडक्रस सभापति जब्बर बहादुर लामिछानेले ईबागलुङलाई जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खरेलले विपदको साथी रेडक्रस भएकोले बिपद पूर्वको तयारी बारे आफुले जानकारी लिएको बताउदै कुनैपनि समय आईपर्ने विपदलाई ध्यानमा राखी सजगता पूर्वक पूर्ण तयारीमा रही सहकार्य गर्ने छलफल भएको जानकारी दिए ।

आजको बैठकमा जिल्लाका उपशाखाहरुलाई आईपर्ने विपदका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको पनि सभापति लामिछानेले बताए । उनले यस वर्ष ३५ परिबारलाई रेडक्रसले राहत वितरण गरेको बताए ।

तस्वीर सौजन्य- अर्जुन ढकाल, जिप्रका, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *