अबिरल बर्षातले बिहुँ काउलेको दलितबस्ती जोखिमपूर्ण, चर्किएका घरहरु भत्किए ! !
जापन समाज बिहुँकोटव्दारा पीडित चौध दलित परिबारलाई एकएक बण्डल जस्तापाता वितरण !

भरत प्रसाद सापकोटा, बागलुङ बिहुँ २०७५ असार १८ । केहि दिन पहिले अविरल वर्षाले जमीन चिराचिरा परेर धाँजा फाटेको काठेखोला गाउपालिका ५ काउलेको दलितबस्ती थप वर्षाले कुनै पनि समय बग्ने अवस्थामा पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको टोली निरीक्षण एवं पीडित परिवारलाई राहत वितरण आउँदा चर्किएर भत्किान लागेका दलितका घरहरु अहिले भत्किएका छन भने नभत्किएका घरहरुपनि चर्किएर चोईटिएका छन् (तस्बीर) अविरल वर्षा सँगै तल्लो काउलेको जमीन हल्लिन थालेको महसूस हुन थालेपछी मानिसहरु त्राहिमाम अवस्थामा छन् । घरभित्रका सरसामानहरु समेत निकाल्न सक्ने अवस्था नभएको पीडितहरुले बताएका छन् ।

काउलेका पीडित १४ दलित परिबारलाई आज एक कार्यक्रमका बीच जापान समाजका संस्थापक एवं सल्लाहाकार दिपक सुवेदी एवं सांसद डा सूर्य पाठकले १२ हजार रुपया मुल्यको प्रति परिबार एक/एक बण्डल कर्कत जस्ता पाता वितरण गरेका छन् ।

जापान समाज बिहुँकोटको आयोजनामा ईन्द्रेणी जनजाति समुहको भवनमा भएको कार्यक्रममा प्रमुख अतिथी सुवेदीले आफु जापान पुग्दा साथै यस दलित बस्ती व्यवस्थापनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रमको अन्त्यतिर कार्यक्रमस्थलमा पुगेका सांसद डा सूर्य पाठकले आफुले गृह र प्रधानमन्त्रीलाई अवगत गराई सक्दो सहयोग उपलव्ध गराउने बताएका थिए ।

कार्यक्रममा वडा सदस्य खगिसरा न्यौपाने, कोषाध्यक्ष राजु कडेल, नारायण अमर माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका सदस्य प्रेम पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जापान समाज बिहुँकोट का अध्यक्ष गौरिशंकर सुवेदीका सभापतित्वमा भएको सो कार्यक्रमको सन्चालन अमर मा बि का प्र अ एवं जापान समाज बिहुँकोट सचिव भिष्म कडेंलले गरेका थिए भने कार्यक्रममा स्वागत भाषण संस्थाकी सदस्य ज्ञानकुमारी श्रीषले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *