बजेट सक्न प-पन्ध्र दिनमा एउटै कार्यक्रम : ल हेर्नुहोस्, गर्नेलाई भन्दा देख्नेलाई लाज…..!

महेन्द्र केसी, पर्वत २०७५ असार १८ । आर्थिक बर्ष सकिनै लाग्दा स्थानीय तहले बिभिन्न बाहनामा कार्यक्रम गरिरहेका छन् । उनीहरु जसरी पनि बजेट सक्ने र केहि हिस्सा वडाध्यक्षको हातमा पार्ने प्रपञ्च गरिरहेका छन् । तिनै प्रपञ्चका श्रृखंला गर्नेमा कुस्मा नगरपालिका ७ पनि परेको छ ।

यो वडाले असारमा बजेट सक्न महिलाहरुका लागि भन्दै १५ दिनमै उद्घोषण तालिम दोहोराएको छ । यहि जेठ २६ देखि ३० गते सम्म तालिम सञ्चालन गरेको वडाले फेरि असार १८ देखि २२ गतेसम्म अर्को तालिमको आयोजना गरेको छ । पहिलो तालिममा ७५ हजार रुपैयाँ खर्च भएको थियो । अवको तालिममा पनि त्यतिनै खर्च पक्कै लाग्नेछ ।

१५/१५ दिनमा महिलाका लागि तालिम आवश्यकता भन्दा पनि कसैलाई खुशी पार्न आयोजना गरिएको वडा सदस्यहरु बताउँछन् । एक जना वडा सदस्यले वडाध्यक्ष दवावमा परेर तालिम आयोजना गरेको हुनसक्ने बताउँछन् । वडाध्यक्ष सुवासचन्द्र पौडेलले १५ दिनमै किन अर्को तालिम भन्ने जिज्ञाशामा एउटा रेडियोको स्टेशन म्यानेजरले तालिम दिएपछि अर्को रेडियोले पनि तालिम दिन ईच्छा देखाएपछि आयोजना गरिएको बताए । तालिम स्थानीय महिलाहरुको आवश्यकता हो कि कुनै सञ्चारमाध्यमलाई खुशी पार्न आयोजना गरिन्छ भन्ने प्रश्न तेर्सिएको हो ।

यसअघि पत्रकार ओमप्रसाद घायलले तालिम दिएका थिए । उनलाई वडाले तालिमका लागि व्यक्तिगत रुपमा निम्ताएको बताए । उनले तालिम दिएपछि रेडियो कुशुमले पनि तालिम माग्यो । रेडियो शालिग्रामका म्यानेजर रहेका घायलले तालिम दिएकाले कुसुमले पनि तालिम मागेको हो । दवावमा परेर पौडेलले रेडियो कुशुमलाई पनि तालिम आयोजनाको अवसर दिएको श्रोतले बतायो ।

घायलले संस्थागत रुपमा नभई व्यक्तिगत चिनजानको हिसावले तालिमको सहजीकरण गर्ने मौका पाएको बताए । महिलाहरुको माग बिनै र वडा सदस्यहरुको सहमती बिनै वडाध्यक्षले एकल निर्णय गरेर तालिमको आयोजना गरेपछि बिबाद देखिएको छ । वडामा महिलाहरुको नाममा बिनियोजित रकम उद्घोषण तालिममा मात्रै खर्च हुँदा महिला सशक्तिकरणका अन्य कार्यक्रम प्रभावित भएका छन् ।

भाषणकला तालिम भन्दा अन्य हाते सीप सम्वन्धी तालिम महिलाहरुले आवश्यकताको रुपमा माग गरेका थिए । वडाले भने सञ्चारमाध्यमलाई खुशी पार्न आवश्यकता बिनाको तालिम आयोजना गरेर रमिता देखाएको छ । असारमा बजेट सक्ने मेसोको रुपमा समेत कतिपयले औल्याएका छन् । एउटा तालिम सकिएको केहि दिनमा अर्को तालिम आयोजना गर्नुमा वडाध्यक्षलाई नेकपाका नेता समेत रहेका रेडियो कुशुमका अध्यक्ष गोबिन्द पहाडीले तिव्र दबाब दिएको बुझिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *