आजको तस्वीर : महिला हिँशा न्यूनीकरणमा खेलकूद !

कुसुम थिङ, बागलुङ २०७५ असार १७ । ‘महिला हिँशा विरुद्ध हाम्रो संकल्प, खेलकूदमा महिला सहभागिता उत्तम बिकल्प नारा सहित राष्ट्रिय खेलकुद परिषद नेपालले सन्चालन गरेको राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रम २०७५ अन्तरगत आईतबार जिल्ला समन्वय खेलकुद बिकास समिति समिति बागलुङले सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको आज विहान प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले विद्यामन्दिर माविकी कक्षा १० मा अध्ययनरत छात्रा मनीषा थापालाई प्रचारात्मक टोपी (क्याप) लगाई दिएर शुभारम्भ गरेका छन् ।

सो अवसरमा बौल्दै प्रजिअ खरेलले महिला हिँशा विरुद्ध खेलकूदले महिलामा आत्मवल बढाउने भएकाले महिलालाई अनिर्वार्य रुपमा खेलकूद सम्वन्धी प्रशिक्षण दिनु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी सांसद डा सूर्य पाठक भरखरमात्र आई पुग्नु भएको जानकारी दिँदै जिल्ला खेलकूद समितिका अध्यक्ष धनबहादुर परियारले मन्तव्यको क्रम जारी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मी लगायत विभिन्न बक्ताहरुले मन्तव्य व्यक्त गरिसक्नु भएको पनि अध्यक्ष परियारले जानकारी दिए ।

कार्यक्रममा व्यापक महिला सहभागिता रहेको छ ।

तस्वीर सौजन्य- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *