गुल्मीमा भेटिएको शव बागलुङ ताराखोलाकी महिला भएको पहिचान !

प्रेम सुनार, गुल्मी २०७५ असार १७ । यहि असार १५ गते गुल्मीको वामीमा फेला परेको शवको जिल्ला प्रहरी कार्यालय गुल्मीले सनाखत गरेको छ । कपडा,कपाल,हातखुट्टा र हातमा लगाएको बालाको आधारमा उनि बागलुङको ताराखोला गाउँपालिका वडा नम्वर ४ कि ४६ बर्षिय चन्द्री दर्जी भएको पहिचान भएको सो कार्यालय मुद्दा फाँटका असई सत्यनारायण यादवले जानकारी दिए ।

उनि असार ७ गते घरबाट हिडेको उनका श्रीमान तिलकबहादुर दर्जीले बताएको प्रहरीले जनाएको छ । श्रीमतिको शव दर्जीले बुझेर लगेका छन् । स्मरणरहोस असार १५ गते एकै दिन दुई महिला सहित तिन वटा शव फेला परेको थियो भने दोश्रो दिन एक जनाको लडेर मृृत्यु भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *