राष्ट्रिय जनमोर्चाका कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश !

बुर्तिवाङ २०७५ असार १७ । नेपाल कम्युनिष्ट पार्टी ढोरपाटन नगर कमिटीले एक अनौपचारिक कार्यक्रमको आयोजना गरि राजमोका कार्यकर्तालाई पार्टी प्रवेश गराएको छ ।

बिगत २ दशक भन्दा लामो समय सम्म राष्ट्रिय जनमार्चामा आबद्ध रहेर सक्रियरुपमा काम गरिरहेका राष्ट्रिय जनमोर्चाका कार्यकर्ता ढोरपाटन नगर कार्यपालिका सदस्य थम बहादुर छन्त्याललाई शनिवार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गराई ढोरपाटन नगर कमिटीले खादा र अवीर लगाई स्वागत गरेको छ । छन्त्याल लामोसमय देखि नेपाली राजनीतिमा सक्रिय रहेका व्यक्ति हुन् । नेपाली राजनितिक विभिन्न कालखण्डका प्रत्यक्षदर्शी भएको भन्दै कार्यक्रममा उनको विशेष प्रशंसा गरिएको थियो।

कार्यक्रममा बोल्दै छन्त्यालले “पहिलेपनि म कम्युनिष्ट पार्टीमा नै रहेर लामो समय सम्म राजनीति गरेको हो, र अहिले यो बेला भनेको यो देशलाई समृद्धिको बाटोमा लैजानु पर्ने बेला आएकोले सबै मिलेर एक भै समृद्धिको बाटोमा लाग्नु पर्ने हुदा त्यसको निकाश दिने भनेको नेपाल कम्युनिष्ट पार्टीमा सम्भव भएको र बहुमत सहितको सरकार भएकोले आफु नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेको बताए ।

सो अबसरमा नेपाल कम्युनिष्ट पार्टीका नेता तुल्सी अर्यालले पहिले पनि सँगै सहकार्य गरेर राजनिति गरेको र अहिले ठिक समयमा ठिक निर्णय गरेर पुन एउटै पार्टीमा रहेर सहकार्य गर्न पाउदा खुसी ब्यतm गर्दै अब यो देशमा कम्युनिष्टको शासन निरन्तर चल्नेमा पनि आफु ढुक्क रहेको बताए ।

नव प्रवेशी छन्त्यालको स्वागत गर्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देबकुमार नेपालीले कम्युनिष्ट सरकार यो देशको समृद्धिको बाटोमा लम्किरहेकाले यसरीनै सबैको साथ र सहकार्यको खाचो रहेको बताउद्यै अब यसरीनै सबैको सहकार्य भयो भने ढोरपाटन नगरपालिका पनि बहुमत सहितको नगरपालिका बन्नेमा आफु ढुक्क रहेको बताएका थिए ।
सो कार्यक्रममा ढोरपाटन नगरपालिकाका उपमेयर कर्मती पुन, वडा नम्बर १, ५, ८ र ९ का वडा अध्यक्षहरु क्रमश चित्र बहादुर भण्डारी, लक्ष्मण पुन, नन्दे सुनार, हरि घर्ति मगर लगायत पार्टी कार्यकर्ताहरु केशर छन्त्याल, टङ्क पौड्याल, ज्ञानप्रसाद कडेल,रामप्रसाद आचार्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र अर्यालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *