वाँदाय खानेपानी सिँचाई ट्याङ्कीको पुननिर्माण, हिउँदे खेतीलाई राहत !

निर्मल पौडेल पर्वत, २०७५ असार १७ । पर्वतको फलेवास नगरपालिका ७ मा रहेको वाँदाय खानेपानी धारामा अवस्थित सिँचाई ट्याङ्कीको पुननिर्माण गरिएको छ ।ट्याङ्कीको पुननिर्माण भएसंगै किसानहरु हर्षित भएका छन् ।

साविकको लिमिठाना आँटिघरमा रहेको उक्त ट्याङ्की मर्मत नहुँदा विगत ५ वर्षदेखि किसानहरुले सास्ती खेप्दै आएका थिए । जाइकाको सहयोगमा २०६४ सालमा निर्माण भएको केहि वर्षमा चुहिन भत्कन थालेपछि किसानहरुले परसेउला र माटोले टाल्दै सिँचाइ गर्दै आएका थिए । ८० हजार लिटर पानि जम्मा हुने क्षमता रहेको जिर्ण ट्याङ्कीको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको ४ लाख सहयोगमा पुर्ननिर्माण गरिएको निर्माण समितिका अध्यक्ष विजयराज पौडेलले वताए । पौडेलले भने अव दीर्घकालीन रुपमा पक्की हुने हिसावले निर्माण गरेका छौँ, मापदण्डमा कुनै कसुर छैन ।

जिला सिंचाइ सव डिभिजन कार्यालय पर्वतको इन्जिनियरिङ अनुसार निर्माण भएको र किसानहरुले अव वाह्रै मास सिँचाई गर्न सक्ने पौडेलको भनाई छ ।
यस वाँदाय खानेपानी मुलको सिँचाई वाट करिव ५ सय रोपनि भन्दा वढि जमिनमा सिँचाई हुने गरेको छ । वर्षायाममा पानिको त्यति समस्या नहुने भएपनि हिउँदे खेतीका लागि किसानहरुले निकै सास्ती खेप्दै आएका थिए भने कतिपयले सिँचाइकै अभावमा जमिन वाँझै छाडेका छन् ।

ट्याङ्कीको पुर्ननिर्माण भएसंगै हिउँदे खेतिको उत्पादनमा वृद्धि हुने लक्ष्य राखिएको कृषक भुवानी प्रसाद पौडेलले वताए ।

त्यस्तै यहि हिउँद देखि तरकारी खेतीमा समेत वृद्धि हुने देखिएको कृषि सेवाकेन्द्र राहलेका पुर्व प्राविधिक सहायक आनन्द पौडेलको भनाई छ ।आगामि दिनमा किसानहरुले सुँरेको वारी वेर्नटा वारी, चौतारी वारी र सुख्खा टारिमा समेत सिँचाई गर्न सिकिने वताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *