जेसीआईको आयोजनामा स्ववियु उमेदवारहरुबीच साक्षत्कार कार्यक्रम सम्पन्न !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन १५ । जे सि आई बागलुङको आयोजनामा धवलागिरि बहुमुखी क्याम्पसको आसन्न निर्वाचनका उम्मेदवारी दर्ता गरको विद्यार्थी संगठनहरुलाई विद्यार्थी तथा क्याम्पस प्रशासन बिच परिचयात्मक साक्षात्कार कार्यक्रम आईतवार धौलागीरी क्याम्पसमा सम्पन्न गरेको छ ।
कार्यक्रमा बोल्दै धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले आसन्न स्ववियु चुनावका उम्मेदवार हरुलाई बधाई दिदै कुनै पनि विद्यार्थी संगठनले नहार्ने र समग्र विद्यार्थीहरुको हक हितको जित हुने विचारको विकासमा अगाडी बढ्नु पर्ने बताए । उनले धवलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको सहभागीतामा क्याम्पसको समग्र विकास गर्न आफु तत्पर हरेको बताए ।

उम्मेदबार साक्षात्कार कार्यक्रममा जे सि आई शाखा बागलुङले विभिन्न समय तथा नियमको परिधिभित्र हरेर उम्मेदवारको साक्षात्कार गराएको थियो । १० मिनेको समय उम्मेदवारहरुको परिचय गर्ने र १० मिनेट आफ्नो संगठनको धारणा तथा आगामी निवार्चन पछी गर्ने शिक्षा तथा क्याम्पसको गतिविधीहरुको बारेमो बोल्ने समय उपलब्ध गराएको थियो । उम्मेदवारहको धारण पछि अन्य जि१ासा राख्ने तथा प्रश्नोत्तरको तय गरेको थियो ।

कार्यक्रममा पहिलो चरणमा अखिल संयुक्तप्यानलका सचिव जीवन शर्माले प्रतक्ष्यतर्फका सम्पुर्ण उम्मेदवारको परिचय गराएका थिए । संयुक्तबाट अध्यक्ष शेरख खड्का, सचिव जीवन शर्मा, कोषाध्यक्ष बिनाकुमारी जाल्मी सदस्य लाल बहादुर भण्डारी ,लालमती रोका , साधना राना मगर , सुरेश रेग्मी, थुमा पुर्जाको पुनको उमेदवारी रहेको परिचय दिनुभएको थियो । परिचय पछी अखिल संयुक्तको तर्फबाट अध्यक्ष पदका उमेदवार शेखर खड्काले मन्तव्य राख्दै महिला छात्रबासको लागी पहल गर्ने, शौचालय,विद्युतिय पुस्तकालय, क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको ३ तिन महिनामा परिक्षा संचालन गर्ने, खेलकुद तथा अतिरिक्त क्रियाकलाप संचालनको लागी कार्ययोजना तयार गरेर कार्यक्रम गर्ने वैज्ञानिक शिक्षा पद्धतिलाई ध्यान दिने विज्ञान प्रयोगशालाको व्यावस्थापन र क्याम्पसको कर्मचारीहरु तथा प्रध्यापकहरुलाई क्याम्पसको पठन पाठन तथा शैक्षिक गतिविधीमा संलग्नतामा मुख्य ध्यान दिने कार्यगर्नको लागी अखिल संयुक्तलाई विजयी आग्रह गरेका थिए ।

त्यसपछी नेपाल विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पसका सचिव बिष्णु पौडेलले आफ्नो उमेदवारहरुको परिचय गराएका थिए । अध्यक्ष पदको उम्मेदवार मन बहादुर थापा मनिष, सचीव विष्णु पौडेल, कोषा अध्यक्ष सुस्मिता बोहोरा, सदस्यहरुमा मिना सापकोटा, सन्जु चापागाई, मनोज सापकोटा, विकेक केसी, हरि बहादुर भण्डारिको उम्मेदवारी दर्ता गराएको परिचय गराएका थिए । परिचय लगत्तै कार्यक्रमको मार्यादा अनुसार नेपाल विद्यार्थी संघ धौलागीरी बहुमुखी क्याम्पसका अध्यक्ष पदका उमेदवार मनबहादुर थापा मनिसले आफ्नो संगठनको धारण तथा राख्दै क्याम्पसका अधुराकाम पुरा गर्ने, शैक्षिक भौतिक स्थितीहरुको हरेक गतिविधिमा संगठनको भुमीका रहने बताए ।

उनले नेपालको अप्ठेयारो परेको राजनीतिका घटनाक्रमको समयमा नेपाल विद्यार्थीले पहिलो कदम लिने गरेको बताए । उनले यस अगाडी अखिल संयुक्तले लिएको हरेक प्रस्तावहरु आफ्नो संगठनको पनी धारणा बताए । यसरी बोल्दै गर्दा अखिल संयुक्तको प्यानलमा अखिल क्रान्तिकारी , अनेरा स्ववियु छैठो र अनेरास्ववीयुको एकताको विषयलाई कोट्याउदै अनेरास्ववीयुको भ्रममा परेर अखिल छैठौ र अखिल क्रान्तिकारीहरु अनेरा स्ववियुको मतियार भएको आरोप लगाए । यसरी आरोपको लगाएपछी अखिल संयुक्त प्यानलमा विद्यार्थी संगठनले यो कार्यक्रमको मार्यादा विपरित भएको भन्दै हलबाट बाहिरिएका थिए ।

त्यसपछी जे सी आईले तय गरेको कार्यक्रम अनुसार प्रश्न उत्तर कार्यक्रम पुराहुन सकेन । अन्तत कार्यक्रम दुई विद्यार्थी संगठनको सहमतीमा पुन सामान्य भएको थियो ।

कार्यक्रम जे सी आई का शाखा अध्यक्ष जोहन बाज्राचार्यको अध्यक्षता कार्यकारी उपाध्यक्ष मनोज कुमार विकको स्वागत र कार्यकारी उपाध्यक्ष एन्जिल शाक्यको संचालन सुदिप राजभण्डारी सहजीकरणमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *