जनताको बिचारका आधारमा नगरपालिकाले आफनो कार्ययोजना बनाउछ : नगरप्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार १६ । आर्थिक बर्ष २०७५ ०७६ का लागी नगरपालिकाको नीति तथा बजेट तर्जुमा सम्बन्धि गल्कोट नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जनताको बिचारका आधारमा नगरपालिकाले आफनो कार्ययोजना बनाउने बताएका छन् ।

जनताको बिश्वासले निर्वाचित भएको भन्दै नगरप्रमुख गैरेले प्रत्येक वडाका टोल टोलबाट जनताले उठाएका योजनालाई समावेश हुने गरि नगरपालिकाले योजना बनाउने बताए । उनले जनप्रतिनिधिले मात्रै समृद्धिको सपना सकार पार्न नसक्ने भन्दै जनप्रतिनिधि जनताको एक पात्र भएको उल्लेख गरे । गैरेले गल्कोट स्रोत साधनले भरिपुर्ण भए पनि यसको बिकास र समृद्धिका लागी चुनौतिहरु धेरै भएको उनको भनाई थियो ।

उनले आज सरोकारबालाहरुले दिएको सुझाब आगामी बजेटमा कोषेढुङ्गा साबीत हुने बताए । नगरप्रमुख गैरेले अनियमतिताको बिषय स्पष्ट रुपमा जानकारी गराउन आग्रह गर्दै जनप्रतिनिधिले मात्रै समृद्धिको सपना सकार पार्न नसक्ने भन्दै जनप्रतिनिधि जनताको एक पात्र भएको उल्लेख गरे । नगरप्रमुख गैरेले गल्कोट नगरपालिकाले सबैबिषयमा सम्झौता गरेपनि भष्टा«चार सुशासन, पारदर्शिता तथा आर्थिक अनियमितताको बिषयमा सम्झौता गर्न नसक्ने दाबी गरे । गैरेले गल्कोट स्रोत साधनले भरिपुर्ण भए पनि यसको बिकास र समृद्धिका लागी चुनौतिहरु धेरै भएको बताए ।
कार्यक्रममा नगर उपप्रमुख रेणुका काउचामगरले पन आफनो धारणा व्यक्त गरेकी थिईन् ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । सो अवसरमा नगरपालिकाका साखा अधिकृत प्रदिपचन्द्र सुवेदीले प्रत्येक वाडबाट योजना छनोट गर्दा ध्यान दिनुपर्ने बिषयको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बुल बहादुर केसी, घनश्याम गौतम, शन्त बहादुर खत्री, बसन्त केसी, छुम बहादुर थापा, हर्क बहादुर कुबर, यज्ञप्रसाद सापकोटा, नर बहादुर घर्ति, चुडामणि शर्मा, गंगा भुजेल, प्रितम घर्ति, सञ्जय नेपाली, टोप बहादुर घर्ति, मनिकर्ण परियार, हिरा बहादुर काउचा, हरि चालीसे एबिसि, हिरा थापा, कबिराज नेपालि, राम बहादुर खत्री, झंक बहादुर बस्नेत, जीवन भण्डारी, ढालिन्द्रप्रसाद गौतम, देबेन्द्र खत्री, याम श्रीस तिलक उप्रेति, तिलक घर्ति लगायतले आफ आफनो जिज्ञासा, गुनासो, योजना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले वडाबाट नगरपालिकामा आउने योजनाहरु जस्ताको त्यस्तै समावेश गनुपर्ने, सड्क स्तरबृद्धि तथा निर्माण गर्दा बिशेष ध्यान दिनुपर्ने, बिपद ब्यवस्थापनका लागी बिशेष प्रक्रिया अपनाउनुपर्ने, स्वास्थ संस्थाको ब्यवस्थापन र औषधीको सुबिधामा ध्यान दिनुपर्ने, लागुपदार्थ दुब्यसन बिरुद्धको कार्यक्रम समावेश गनुपर्ने, खोलाले कटान गरेको क्षेत्रमा तटबन्धन गनुपर्ने, बर्ग, समुदाय, लिङ्गलाई समावेश गरि बजेट बिनियोजन गनुपर्ने, नगरपालिकाले गुरुयोजना बनाउनुपर्ने, सवारी साधन पार्किङको ब्यवस्था गनुपर्ने, नगरपालिकाको आफनै भवन निर्माण गनुपर्ने लगायतका बिषयमा आफनो धारणा, गुनासो र जिज्ञासा ब्यक्त गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे अनिल, नेपालि काग्रेसका यम बहादुर श्रीस, राष्ट्रिय जनमोर्चाका टंक केसी, गलकोट बहुमुखि क्यापसका अध्यक्ष मुकुण्डसिह भण्डारी, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रुमख कृष्ण प्रसाद गौतम, बडा नम्बर २ का बडा अध्यक्ष हिम बहादुर भण्डारी गलकोट उद्योग बाणिज्य संद्यका अध्यक्ष बिरेन्द्र श्रेष्ठ, सामुदायिक रेडियो गलकोट एफ.एम १०२ थोप्लो ४ मेगाहर्जका स्टेशन प्रमुख घनश्याम गौतम लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमको स्वागत मन्तब्य र साखा अधिकृत प्रदिपचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा, गल्कोट नगरपालिका भित्रका जनप्रतिनिधि, राजनैतिक दल, समाजसेवी, बुद्धिजिबि, नगपालिकाका कर्मचारी, शिक्षक, बिभिन्न उपभोक्ता समितिका पदाधिकारी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *