नरेठाँटीको तोरीखोलामा २ दिने खानेपानी तथा सरसफाइ तालिम सुरु !

गुमानसिँह भण्डारी, गल्कोट असार १५ । गल्कोट नगरपालिका वडा नम्बर २ नरेठाँटीको नमुना बस्ती तोरीखोलामा २ दिने खानेपानी तथा सरसफाई सम्बन्धित अभिमुखिकरण तालिम आजदेखि सुरु भएको छ । गल्कोट नगरपालिकाको आयोजना र गलकोट नगरपालिका २ नरेठाँटीको संयोजनमा सञ्चालन गरिएको तालिममा नमुना बस्ती निर्माण, खानेपानी तथा सरसफाई सम्बन्धि जानकारी गराईएको थियो । तालिमको सहजिकरण नगरपालिकाका वास संयोजक दुर्गा छन्त्यालले जानकारी गराएको बताईएको छ ।

गल्कोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम शेर बहादुर घर्तीको अध्यक्षता, सीता पुनको स्वागत मन्तब्य र वडा सदस्य भक्त बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *