बुर्तिबाङ-ढोरपाटन यातायात सेवा प्रा लि को नगर प्रमुख नेपालीव्दारा उद्घाटन !

टिकाराम भट्टराई, बुर्तिबाङ, २०७५ असार १५ । ढोरपाटन नगरपालिका वडा १ बुर्तिबाङमा रहेको बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा लि को आज एक कार्यक्रमका बिच प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगर प्रमुख देब कुमार नेपालीले दीप प्रज्वलन गरी उद्घाटन गरेका छन ।

कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालीले यात्रुहरुसगं नम्र बोली,व्याबहार र गन्तब्य सम्म तोकिएको भाडा दरमा स्वांस्थ प्रतिष्पर्धाका साथ काम गर्न आग्रह गरे ।

उता जिल्ला समन्वय अधिकारी नारायण सापकोटाले समेत हिजोको दिनमा सिन्डिकेट हुदाँ सरकारलाई नै चुनौति रहेको बताउँदै सिन्डिकेटको अन्त्य भैसकेको अबस्थामा कालो बजारीको अन्त्य गरी जनता तथा यात्रुहरुलाई सेवा प्रदान गर्न जोड दिएका थिए ।

ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख ओम प्रकाश यादवले पनि यात्रुसंगको बोलीचाली देखी लिएर बिशेष साबधानीका साथ गाडी हाक्नुपर्ने बताउदै यात्रुलाई गन्तव्यसम्म सुरक्षित पु¥याउनु पर्नेमा जोड दिएका थिए ।

ढोरपाटन नगरपालिका वडा १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले पनि कार्यक्रममा बोल्दै नियममा रहि सञ्चालन गनुपर्ने बताउदै तत्काल नगरपालिकामा आफ्ना सवारी साधन दर्ता गरी सञ्चालन गर्न समेत आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा पश्मिाञ्चल काउन्टर इन्चार्ज गुञ्ज बहादुर भण्डारी, इन्चार्ज राम प्रसाद आचार्य, नेपाली कांगे्रस ढोरपाटन नगरपालिका सभापति शालीकराम शर्मा, नेकपा का चन्द्र अर्याल,राष्ट्यि जनर्मोचाका प्रतिनिधि चुनमान दर्जी, बुर्तिबाङ ढोरपाटन यातायात समितिका महासचिब नरहरी भुषाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा लि का अध्यक्ष सबिन अर्गेजाको अध्यक्षता, सस्थाका कोषाध्यक्ष दिपक अदैको स्वागत मन्तव्य र सन्चालन सचिब नरबहादुर क्षेत्रीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.