असारे १५ संस्कृतिलाई विर्से गुल्मीका जनप्रतिनिधीहरुले

प्रेम सुनार, गुल्मी, २०७५ असार १५ । गुल्मीको एकाधा स्थानिय तह बाहेक असारे १५ अर्थात धान रोपाई जात्रा सदियौं देखिको संस्कृतिलाई अधिकांश जनप्रतिनिधीहरुले विर्सेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत .चक्रपाणि.. पन्थी संग सम्पर्क राख्दा अहिले विहानको यो समाचार लेख्ने वेला सम्म कुनै पनि स्थानिय तहले असारे १५ विशेष कार्यक्रम आयोजना गरेको जानकारी पाईको छैन ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल संग सम्पर्क राख्दा उनले पानी नपरेका कारण असारे १५ को रौनक ल्याउन नसकिएको बताए । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललविपक्षी राजनैतिक दल काग्रेसका जनप्रतिनिधीहरुले नगर सभालाई अवरुद्ध पारेर टाउँको दुखाएकोले असारे १५ मनाउने वारे सोच्न पनि नभ्याएको जानकारी दिए ।

उनले भने–‘ नगर सभा अवरुद्ध पारेकोले टाउको दुखाईको विषय बनेको छ , त्यसैले असारे १५ मनाउने बारे नगरपालिकाले सोच्न सकेन र वडाहरुले पनि आयोजना गरेको जानकारी आएको छैन ।’

फोन सम्र्पक हुन सकेका अन्य स्थानिय तहले पनि असारे १५ विशेष कार्यक्रम नराखेको बताए । मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले भने अर्लाङ्गकोटको ददल्का फाँटमा रोपाई जात्रा राखिएको जानकारी दिए । वाली गीत भने गाउने मान्छेको अभावमा त्यो रमझम नगरिने उनले बताए ।

स्थानिय निकाय सञ्चालन नहुनु अघि सम्म प्रत्येक वर्ष जिल्लामा वाली गीत सहित भव्य रुपमा असारे १५ विशेष कार्यक्रम हुने गर्दथ्यो । त्यस ताका सिडियो , एलडियो , सुरुक्षा निकायका प्रमुखहरु रोपाई जात्रामा महिलाहरु संग हिलो छ्यापछ्याप गर्दै निध्रुक्कै र हिलाम्मे हुने गर्दथे । जो यसपाली एउटा ईतिहाँस जस्तै बनेको छ । आजको दिन प्रायः झरी पर्दथ्यो तर आज विहानै देखि चर्को घाम लागेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *