सुकाएको लुगा उठाउन जाँदा करेण्ट लागेर बिहुँकी महिलाको तीन औँला जले !

भरत सापकोटा बागलुङ बिहुँ २०७५ असार १५ । काठेखोला गाउपालिका वडा नं ५ कर्लिममा आज विहान सुकाएको लुगा उठाउन लाग्दा करेण्ट लागेर ४० वर्षिया मायाँ कँडेलको दाहिने हातका तीन औँला जलेका छन् ।

हरिप्रसाद कँडेलकी श्रीमती मायाँ कँडेल हिँजो सुकाएको कपडा राति पानी परेकोले बिहान उठाउने क्रममा कपडा खसेर घरबाट गोठमा लगेको विजुलीको तारमा अड्किएपछी झिक्न खोज्दा करेण्ट लागेको परिवारले जानकारी दिएका छन् । गोठमा लगेको विजुलीको तार मुसाले काटेको ठाउँबाट करेण्ट लिक भै महिलालाई करेण्ट लागेको स्थानीयले बताए ।

तत्काल ससुरा हरिलाल कँडेलले तार छुटाएकाले बुहारीको शरीरमा थप क्षती हुन नपाएको बताईएको छ । घाईते कँडेललाई उपचारका लागि धौलागिरी अन्चल अस्पताल पठाईएको स्थानीयले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *