कालीगण्डकी किनारमा टाउको नभएको महिलाको शव भेटियो !

प्रेम सुनार, गुल्मी, २०७५ असार १५ । गुल्मी जिल्ला प्रहरीले कालीगण्डकी नदीमा टाउको देखि तलको भाग मात्रै रहेको महिलाको शव फेला पारेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–४ स्थित कालीगण्डकी नदी किनारमा अपरिचित महिलाको शव फेला पारेको हो ।

हिजो बिहीबार दिउँसो करिव १२ वजेको समयमा टेलिफोन मार्फत उक्त शव फेला परेको जानकारी आउँदा साथ ईलाका प्रहरी कार्यालय जोहाङ्गका चौकी प्रमुखलाई खटाई जिल्ला अस्पतालमा ल्याईएको प्रहरी प्रमुख एसपी अनुरागकुमार व्दिवेदीले जानकारी दिए ।

उनले शवको टाउकाको भाग नरहेका र तलको शरीर पनि नग्न रहेकोेले अन्दाजी उमेर सम्म भन्न नसकिने बताए । बागलुङ, पर्वत र गुल्मीको सीमानामा पर्ने पुर्तिघाट स्थित कालीगण्डकी किनारमा उक्त शव फेला परेको हो । घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

स्मरण रहोस केहि महिना अघि सोही स्थानमा गर्भपतन गराउन नमाने पछि एक युवतीलाई प्रेमीकाले हत्या गरी फालेका थिए । मृतक युवती बागलुङकी थिईन भने हत्यारा प्रेमी पर्वतका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *