पहिरोले पाईप बगाउदा रिघाका ३ हजार उपभोक्ता संकटमा, एक गाग्री पानी लिन २ घण्टा जाउ-आउ !

घनश्याम गौतम, गल्कोट २०७५ असार १४ । गल्कोट नगरपालिका बडा नम्बर ११ रिघामा गत सोमबार परेको भीषण बर्षाले रिघामा सञ्चालित खानेपानीको पाईप बगाएपछि खानेपानीको अभाब भएको छ । रिघामा करिब ६ सय घरधुरीका ३ हजार मानिसले प्रयोग गदै. आएको खानेपानीको पाईप बगाएपछि पानीको हाहाकार भएको गल्कोट नगरपालिका बडा नम्बर ११ अध्यक्ष डम्मर श्रीसले ईबागलुङलाई जानकारी दिए ।

खानेपानीको जिआई तथा पोलिथिन पाईप गरी करिब २ सय मिटर पाईप बगाएको छ । रिघामा खानेपानीको मुहान नहुदा करिब १८ किलोमिटर टाढा रहेको गल्कोट नगरपालिका बडा नम्बर १० को पाण्डबखानी, मखनखोला र दग्दिखोलाबाट खानेपानी ल्याइएको थियो । उक्त पानीको तत्काल सूचारु गर्न गल्कोट नगरपालिका, डिभिजन खानेपानी कार्यालयको प्राबिधिक टोलीले शुक्रबार अबलोकन मुल्याङ्कन गर्ने तथा ब्यबस्थापनको लागी आबश्यक प्रक्रिया अगाडि बढाउने तयारीमा जुटेको स्थानिय धीरेन्द्र राजबशींले बताए ।

रिघामा खानेपानीको अन्य बैकल्पिक मुहान तथा श्रोत नहुदा समस्या जटिल बनेको स्थानियको भनाई छ । अहिले स्थानियले २।२घण्टा लगाएर सानो रिघा तथा तुसारेबाट पानी बोकेर पिउने गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *