दुदिलाभाटीमा गल्कोटका खुलाल खड्का समाजको ४८ औं कुल पुजा सम्पन्न !

घनश्याम गौतम, गल्कोट २०७५ असार १४ । खुलाल खड्का धनन्जय गोत्रिय खड्का, भण्डारी बन्धु समाजको ४८ औ कुल पुजा गल्कोट नगरपालिका १ दुदिलाभाटीमा सम्पन्न भएको छ । करिब ५० भन्दा बढी जिल्लामा रहेका खड्काहरूले दुदिलाभाटीको काफलठुटामामा बिधिवत रूपमा पुजाआजा, बलि र सम्मानका साथ पुजा सम्पन्न भएको बम बहादुर खड्काले बताए । गल्कोटको दुदिलाभाटी,लगाएतका ठाउँमा बसोबास गर्ने २ सय १५ घरधुरीको सहभागितामा पुजा सम्पन्न भएको हो ।

कुल पुजाको अबसरमाएस ईईमा ए प्लस ल्याउने बिद्याथी आशिष खड्का, हर्क बहादुर खड्का इश्बर बहादुर खड्का र स्नाकोत्तर गर्ने ३ जना शिब खड्का गोरख खड्का र लक्ष्मी खड्का तथा ८४ बर्ष पार गर्ने बृद्ध बन्धु,सहयोगदातालाई सम्मान गरिएको थियो । पुजा कार्यक्रममा २ सय ५० वटा बोकाको बलि दिईएको थियोे ।

कार्यक्रम समितिका अध्यक्ष मेजर गुमाानसिंह खड्काको अध्यक्षता, सचिव बम बहादुर खड्काको स्वागत मन्तब्य र शिब खड्काकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सिगाना खड्का समाजका अध्यक्ष महेन्द्र खड्का, समाजका भुपु अध्यक्ष होम बहादुर खड्का लगाएतले शुभकामना मन्तब्य दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *