काश्यप गोत्रिय लामा भण्डारी बन्धु समाजको १ सय ८६ औ कुल पूजा सम्पन्न !

गल्कोट २०७५ असार १४ । काश्यप गोत्रिय लामा भण्डारी बन्धु समाजको १ सय ८६ औ कुल पूजा गल्कोट नगरपालिका १ दुदिलाभाटिमा सम्पन्न भएको छ ।

कर्णाली प्रदेशको हुम्लाबाट बर्षौ पहिले दुदिलाभाटीमा आई बसोबास गरेका भण्डारीहरूले दुदिलाभाटीको बेसीमा बिधिवत रूपमा पुजाआजा, बलि र सम्मानका साथ पुजा सम्पन्न भएको चन्द्र बहादुर भण्डारीले बताए। गल्कोटको दुदिलाभाटी, चितवनमा बसोबास गर्ने ४० जनाको उपस्थितिमा पुजा सम्पन्न भएको यम बहादुर भण्डारीले जानकारी दिए। पुजा कार्यक्रममा गल्कोट बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित भएको भन्दै भण्डारी परिवार सदस्य गुमानसिह भण्डारी र ८४ बर्ष पार गरेको भन्दै चन्द्र बहादुर भण्डारीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा गङ्गा भण्डारी, हिरा बहादुर भण्डारी, भिम बहादुर भण्डारी, होम बहादुर भण्डारी, दिपक भण्डारी, टीका बहादुर भण्डारी, प्रकाश भण्डारी, चन्द्र बहादुर भण्डारी, रमेश भण्डारी, यम बहादुर भण्डारी, जीवन भण्डारी, किसान भण्डारी, जगत भण्डारी, गुमानसिह भण्डारी, नेत्र बहादुर भण्डारी लगायतका सहयोगदातालाई सम्मान गरिएको थियो । पूजा कार्यक्रममा ४० वटा बोकाको बलि दिईएको थियो । कार्यक्रममा समितिका बरिष्ठ सदस्य जीवन भण्डारीले भण्डारीको इतिहासका बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रम समितिका अध्यक्ष चन्द्र बहादुर भण्डारीको अध्यक्षता, सचिव टीका बहादुर भण्डारीको स्वागत मन्तब्य र गुमानसिह भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *