सांसद गिरीले हिन्दुधर्ममाथि गरे ठूलो अपमान, छालाकै जुत्तासँग गरे भवनको शिलान्यास !

महेन्द्र केसी, पर्वत २०७५ असार १३ ।नेकपा पर्वतका प्रतिनिधिसभाका सांसद पदम गिरीले हिन्दहरुधर्ममाथि ठाडो प्रहार गरेका छन् । बुधबार खानेपानी भवनको शिलान्यास गर्नको लागि वारी बेनी माझफाँट पुगेका सांसद गिरीले हिन्दुधर्ममाथिनै अपमान हुने हर्कत देखाएका हुन् ।

भवनको शिलान्यास गर्नेक्रममा उनी जुत्ता सहित सहभागी भए । हिन्दु धर्म परम्परा अनुसार यस्तो पूजाआजमा छालाका कुनै पनि बस्तु धारणा गर्न हुदैन र चोखो निष्ट हुनुपर्छ भन्ने प्रचलन छ तर उनले हिलोबाट आफूलाइ जोगाउनको लागि छालाका जुत्तासँगै शिलान्यास कार्यक्रममा सहभागी भएका हुन् ।

हिन्दुधर्मको अपमाननै हुने गरी सांसद गिरीले देखाएको हर्कतको अहिले सामाजिक संजामा निकै भाइरल भएको छ । उनले देखाएको हिन्दुत्वमाथिको अपमान ८५ प्रतिशत हिन्दुबादीहरुको रगतनै तान्ने खालको देखिएको छ । उनलको यो हर्कतको चौतर्फी विरोध हुन थालेको छ ।

केहि दिन अगाडि संसदमा बजेट बारे बोल्ने क्रममा अनाबृष्टि, अल्पबृष्टि, अतिबृष्टिका कुरा उठाएका सांसद गिरीलाइ अब भने आलोचनाका अतिबृष्टि हुने सम्भावना बढेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *