मुटुमा प्वाल भएपछी परियारको उपचारमा आर्थिक समस्या, सहयोगका लागि गनपाको अपील !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार १३ । मुटुसम्बन्धी रोगबाट ग्रसित १५ वर्षीय अबिषेक परियारको उपचारमा आर्थिक समस्या देखिएको छ । गल्कोट नगरपालिका ३ हटिया खसगाउका परियारको उपचारको क्रममा मुटुमा समस्या देखिएपछि नियमित चेकजाँच, यातायात खर्च लगाएत खाना बस्न, औषधी उपचारका लागि समस्या देखिएपछि परिवारजनले सहयोगको याचना गरेका छन् ।
पारिवारको‘आर्थिक अवस्था निकै कमजोर रहेको गल्कोट नगरपालिका ३ का वडाध्यष वीरजङ भण्डारीको भनाई छ । घरमा पीडितकी आमाले कृषि व्यवसाय गर्ने र बुबाले दुबईमा रोजगारी गर्ने भएपनि कमाईले यनकेन घरखर्चमात्र चल्ने हुँदा अध्यक्ष भण्डारीले पीडित अभिषेकको उपचारका लागी स्वदेश तथा विदेशमा रहेका बागलुङबासीलाई अपिल गरेका छन् ।

यसैविच दर्जीको चेकजाँच र यातायात खर्चका लागि गल्कोट नगरपालिकाले नगद १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । नगरप्रमुख भरत शर्मा गैरेले परियारको उपचार निशुल्क हुने भएपनि यातयात, खाजा, खाना र बस्नका लागी समस्या हुने भन्दै १० हजार सहयोग गरिएको बताए । गैरेले अब चेकजाँच गर्न जादाँ लाग्ने खर्च समेत नगरपालिकाले गर्ने भन्दै अन्य देश, बिदेशमा भएका ब्यक्तिहरुलाई समेत सहयोग गर्नका लागी आग्रह गरेका छन् । गैरेले पछिल्लो समय बिदेशमा भएका गल्कोटेहरुको संघ सस्था र ब्यक्तिहरुले दैवी प्रकोप, आपत बिपतमा जीवन रक्षार्थ सहयोग प्रादन गर्दै आईरहेको स्मरण गर्दै परियारको समेत उपचारमा सहयोग प्रदान गर्नका लागी समेत अनुरोध गरेका छन् । उनले आर्थिक अभावकै कारण मृत्युवरण गर्नु नपरोस् भन्ने मान्यताका साथ नगरपालिकाले दुई पटक आवत जावत गर्दा लाग्ने सम्पुर्ण खर्च ब्यहार्ने बताए ।

अप्रेसन सहित नियमित चेकजाँच र उपचारमा समेत खर्च हुने भएकाले लाखौ खर्च हुने अनुमान गरिएको छ ।

मुटुमा प्वाल परेर समस्या देखिएपछि पीडित परिवारको काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार गर्दै आईरहेको परियारकी आमा पबित्रा परियारले बताईन । परियारका १ छोरी र २ छोरा छन । पीडित परियार परिवारका जेठा छोरा हुन । उनी ५ बर्षको हुदाँ अप्रेसन गर्दा मुटुमा प्वाल देखिएको थियो । त्यसपछि समय समयमा चेकजाँच गराए पनि मुटुसम्बन्धि कुनै पनि समस्या नदेखिएपछि पछिल्लो समय भने मुखबाट रगत बगिरहने गरेको छ । सानोमा सबैजसोको मुटुमा प्वाल हुने भएकाले बिस्तारै पुरिदै जान्छ भन्ने सोच्यौ परियारकी आमा पबित्राले भनिन् । पछिल्लो समय निरन्तर मुखबाट रगत बग्न थालेपछि फेरी उपचार गनुपर्ने समस्या देखिएको उनको भनाई छ । परियारले गल्कोट माद्यमिक बिद्यालयको कक्षा ८ मा पढ्दै आई्रहेका छन । अहिले निरन्तर मुखबाट रगत बग्न थालेपछि बिद्यालय जान सक्ने अवस्था नभएको पारिवारीक स्रोतले जनाएको छ । परिवारको उपचारमा सहयोग गर्न चाहनेहरुका लागी अबिसेक परियारको नाममा गोलोबल आईएमई बैकको गलकोट साखाको खाता नम्बर ९४०७०१००१४८८ मा रकम जम्मा गर्न सकिने बैकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *