बरेङमा अबिरल वर्षाले ठुलो क्षती, मृतकका छोरीहरुलाई राहत रकम प्रदान !

बागलुङ २०७५ असार १३ । बरेङ गाउपालिका १ धुल्लुबास्कोटमा सोमबार राति गएको पहिरोमा परी मृत्यु हुने एकै परिवारका तीन जनाका आफन्तलाई राहत वितरण तथा पहिरोले पुयाएको क्षतीको अवलोकन गरी प्रजिअ बेदप्रसाद खरेलको टोली मंगलबार राति सदरमुकाम फर्किएको छ ।

पहिरोले पुरिएर मृत्यु भएका विष्णु बहादर खत्रीका दुई छोरीहरु अध्ययनका क्रममा काठमाडौ रहेकाले उनका नजिकका नातेदार महेन्द्र बहादुर थापालाई रु ३ लाख राहत रकम प्रदान गरिएको प्रजिअ खरेलले जानकारी दिए । एक एकलाख रुपयाँ दुई छोरीहरुका नाममा बैँकमा राखिदिने र एक लाख रुपयाँ मृतकहरुको काजक्रियामा खर्च गनेँ बाँकी रहन आएको रकम समेत दुई छोरीहरुको खातामा राखिदिने व्यवस्था मिलाएको प्रजिअ खरेलले बताए ।

बरेङ १ का वडा अध्यक्षले दुई बहिनीहरुको खातामा ५०/५० हजार रुपयाँ जम्मा गरिदिने उद्घोष गरेसँगै दुई टुहुरी छोरीहरुलाई सहयोग गर्ने स्थानीयहरुमा भावना पलाएको हाम्रा सहकर्मीले जानकारी दिएका छन् ।

मृतकहरुको शवको पोष्टमार्टम घटनास्थल मै गरी अन्तिम क्रियाकर्म गर्न जिम्मा दिईएको थियो ।

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले समवेदनाका दुईशव्द बोलेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मी, नेपाली सेनाको अर्जुनवाण गणका गणपति प्रमुख सेनानी भुवनराज देवकोटा लगायत गाउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, वडाध्यक्षहरु स्थानीयहरुको उपस्थिति रहेको थियो । वर्षातले ठाउँठाउँमा मोटर बाटो बिगारेकोले टोली दुई तीन घण्टा पैदलै हिँडेर घटना स्थलमा पुगेको थियो ।

अबिरल वर्षातले बरेङ गाउपालिकाका विभिन्न भागहरुमा निकै ठुलो क्षेती पुगेको देखियो प्रजिअ खरेलले भने ग्रामिण बाटाहरु ठाउँठाउँ भत्किएर आवत जावत गर्न स्थानीयवासीलाई समस्या झेल्नु परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *