बिवाह कै दिन बहिनी भनाउँदी नै अर्की श्रीमती बन्न आएपछि…

प्रेम सुनार, गुल्मी २०७५ असार १२ । केहि दिन अघि बिवाहको दोश्रो दिन विहान रुपन्देहीको एक होटलमा मृत फेला परेका एक युवाको घटना पछ्याउँदै जाँदा थप रहस्य फेला परेको छ । जेठ २४ गते राति बुटवलको एक होटलमा सुहाग रातका रुपमा नव दुलही सहित बसेका रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर ७ अमुवा हिरागञ्जमा ३२ वर्षिय कर्णबहादुर बुढाथोकी अर्को दिन विहान सोही होटलको काठोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनले झण्डै १५ वर्ष देखि स्थानिय थारु समुदायकी एक युवती संग प्रेम सम्वन्ध राख्दै आएको ती युवतीका दावी छ । तर बुढाथोकीले आफ्ना साथीहरु मर्फत उनिबाट पन्छिन चाहेको बताईएको छ । गत एक वर्ष अघि देखि उनि संग टाढिदै आएको बुढाथोकीलाई गत कात्तिक महिनामा ती युवतीका परिवारजन र आफन्तले जुटाएर मेलमिलाप गराउने प्रयास गरेका थिए ।
स्थानिय समाजसेवी तथा उनै बुढाथोकीका मिल्ने साथी कमल भट्टराईका अनुसार त्यस कातिक महिनाको छलफलमा बुढाथोकीले वावुको मृत्यु भएको एक वर्ष पुरा नभएकोले ६ महिना पछि विवाह गर्छु भनेका थिए ।
तर जेठ २३ गतेका दिन त्यहाँका वडाध्यक्ष सहितका जनप्रतिनिधी विच भएको छलफलमा बुढाथोकीले ती युवतीलाई बिवाह गर्न अस्वीकार गरेका थिए । त्यस पछि ती युवतीले त्यस गाउँपालिकाको उपाध्यक्ष कहाँ पुगेर बुढाथोकीले आफुसंग पटक पटक गरी ६ लाख रुपैयाँ लिएको भन्दै उक्त रकम अशुल गरी पाउँ भनि उजुरी दिएकी थिईन ।
फेरी जेठ २४ गते बुढाथोकीलाई एक्लै पारेर जवरजस्ती बिवाह गराएर यस्तो घटना घटेको उनका परिवारजनको आरोप छ । उक्त आरोप झुट भएको ती युवती र उनका पक्षधरहरुको दावी छ ।
के भएको थियो त त्यस रात ?
त्यसरी गाउँबाट श्रीमान श्रीमती बनेर बस्ने भन्दै बुढाथोकीले ती युवतीलाई वाईकमा राखेर हाँस्दै र बाई बाईको हात हल्लाउँदै हिडेका थिए । वुटवल पुगे पछि शिद्धवावा तिर घुम्न गए । त्यहाँ पुगे पछि एउटी महिलाको फोन आयो । म्यासेजहरु पनि आउन थाल्यो । उनले बिवाह गरेर ल्याएकी उनलाई ढाँट्न चाहेनन ।
उनले भनेका थिए मलाई एउटी महिलाले मेरो छ महिनाको गर्भ रहेको छ भनेर तनाव दिएकी छ । अहिले नै भेटन आउँछु भनेर फोन गरेकी छ । त्यस पछि उनिहरु साँझ ६ वजेतिर त्यस होटलमा आए । १०८ नम्वर कोठा बुक गरे । उनले कमल भट्टराई लगायतका साथीहरुलाई पनि बोलाए । गोल राउण्ड टेवुलमा बस्ने क्रममा ती युवती नजिक टाँसिदै कालु तनाव नलिनु अव भनिन ।
त्यही वेलामा फेरी तिनै महिलाको फोन आयो । पटक पटकको फोन पछि उनि ती महिलालाई लिन जान बाध्य भएर गए । केहि वेरपछि होटलको त्यही माथी छतमा ती महिला आईन । उसलाई विवाह गर्छस भने मलाई पनि स्वीकार गर नत्र यहि छतवाट हाम फालेर मर्छु भनेर दवाव दिन थालिन । अर्की पनि त्यसै गर्न थालिन । कमल भट्टराई लगायतले ती महिलालाई झपारेर पठाए ।
त्यस पछि बुढाथोकीले विवाह पार्टीका रुपमा साथीहरुलाई तल लगेर वियर र नास्ता गराए । त्यहाँ हाँसो ठट्टा पनि चल्यो । ती साथीहरु करिव साढे दश वजेतिर त्यहाँबाट हिडेको होटलवालाको भनाई छ । उनि दुई जना सोही कोठामा सुत्न गए । विहान करिव ५ वजेको समयमा सेन्डो मैलो भयो धोई देउ त भनेर दिए बुढाथोकीले । करिव ६ वजेतिर सावुन लगायतका सर समान किन्न पठाए ।
ढोका नखोलेको देखे पछि दुवै जना तल झरेर होटलवालाई आग्रह गरे । स्टाफले ढोका खोले पछि ती युवती वाहिर निस्कीईन । बुढाथोकी माथी कोठा मै गए । होटलवालाको शव्दमा २० मिनेट पछि उनि समानहरु किनेर आईन । भित्र ढोका हान्दा चुक्कुल लगाएको पाए पछि अत्तालिदै ती महिला तल चक्कु माग्न आईन । ढोका खोल्न एक्लै हरप्रयास गरिन । अन्ततः ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा देखेर उनले काँधमा बोकेर बचाउने प्रयास गरेको उनको भनाई छ ।
उनै वहिनी थिईन जो अर्की श्रीमति बनेर आईन
बुढाथोकीको विवाह कै दिन अर्की श्रीमती बनेर आउने महिलाको कथा बेग्लै छ । उनका श्रीमान विदेशमा थिए । बुटवल नजिकैको एक शहरमा डेरा गरेर बसेकी उनि गत वर्ष वुटवलको एक अस्पतालमा छोराको उपचार गर्न पुगेकी थिईन ।
सोही अस्पतालमा बुढाथोकीका पिता पनि विरामी परेर भर्ना भएका थिए । जहाँ बुढाथोकी र उनकी दिदी संग चिनजान भयो । उनले आफ्नै बुवाको रुपमा स्याहार सुसार पनि गरिन । त्यस अस्पतालबाट रिफर भई घर ल्याए पछि सिकिस्त परेका वुढाथोकीका पिताले उ मेरी छोरी नै हो बोलाई देउ भनेर बोलाईयो ।
उनि आईन घरको सवै काम देखि किरिया क्रमको कुनो सम्म पुरै छोरीका रुपमा भुमिका निभाईन । यहाँ सम्मकी उनि मलामी समेत गएकी थिईन । त्यस पछि पनि आउने जाने घरको सवै काम गर्ने दाजु वहिनी मिलर गर्ने गरे । जुन दाजु वहिनीको सम्वन्ध माथी उनकी प्रेमीका बनेकी ती थारु सामुदायकी महिलाले आशंका गर्न थालिन ।
उनिहरु बढि नै नजिकन थालेको र आफु संग टाढिदै जान थाले पछि उनले ती दुई जनाको हर्कतबारे विदेशमा रहेका उनका श्रीमानलाई केहि कुरा सहित तस्वीर पठाई दिईन । त्यसले उनिहरु विचको दाम्पत्य जीवनमा असर पुराउँदै गयो । त्यही रिस साँधेर बसेकी तिनै वहिनी बनेकी महिला त्यसरी ६ महिनाको गर्भ सहित श्रीमति बन्न आएकी थिईन । कमल भट्टराई भन्छन। कर्ण कै आग्रहमा वुटवलमा त्यसको १५ दिन अघि ती महिलालाई भेट गराईएको थियो ।
त्यस भेटमा वहिनी जस्तो पवित्र नाता जोडेकाहरुले प्रेमी प्रेमीका हौं भन्न लाज लाग्दैन ? भनेर सवाल पनि उठाईयो । त्यति वेला उनले त्यो गर्भ रहेको कुरा बताईनन् । त्यसको १५ दिन पछि जव ती थारु समुदायकी महिला संग विवाह गरे भन्ने सुनिन् तव उनि ६ महिनाको गर्भ छ श्रीमती स्वीकार गर भन्दै आईन ।
यसबाट के देखिन्छ भने आफ्नो श्रीमानलाई कुरा लगाएर घर विगारेकी ती थारु समुदायकी युवती संग रिस साँध्नु । मेरा विगारी भने त्यसको घर पनि हुन दिन्न भन्नु । उनलाई त्यसरी उचाल्नुमा कुनै न कुनै तत्व पनि हावी देखिन्छ । यस घटनालाई वुटवल प्रहरीले गम्भीरता पुर्वक नलिएको परिवारजनको गुनासो छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *