अविरल वर्षाबाट गल्कोट नगरपालिकामा करडौको क्षती, राहत तथा विपद व्यवस्थापनका लागि आकष्मिक बैठक !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार १२ । गल्कोट नगरपालिकाको आकस्मित बैठक सम्पन्न भएको छ । पछिल्लो समय गल्कोटका निरन्तरको बर्षातका कारण पुगेको करोडौको भौतिक क्षतिको जानकारी र समस्या समाधानको बिषयमा आकस्मित बैठक बसेको गल्कोट नगरपालिकाका नगरप्रमुख तथा बिपद ब्यवस्थापन समितिका संयोजक भरत शर्मा गैरेले ईबागलुङलाई बताए ।

नगरप्रमुख गैरे सहित विभिन्न वडाहरुका अध्यक्षहरुको टोलीले वर्षा, बाढी र पहिरोले क्षती पुराएका नगरपालिकाको वडा नम्बर २ नरेठाटी, ५ हरिचौर, ६ र ७ मल्म र वडा नम्बर ८ काडेबासको वडाहरुको स्थलगत अवलोकन पछि तत्कालै बैठक बसेको गल्कोट नगरपालिकाको कार्यालयले जनाएको छ ।

त्यस्तै सोहि बैठकले वडा भित्र भएका अत्यावश्यक सड्क तत्काल सुचारु गर्न निर्देशन समेत दिईएको नगरप्रमुख गैरेले बताए ।

बैठकले बाढी पहिरोका कारण बिस्थापित बनेका परिवारलाई तत्काल आर्थिक सहयोग प्रदान गर्ने र प्रभाबित परिवारलाई आवश्यकता अनुसार राहत सामाग्री दिने निर्णय भएको गल्कोट नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारीले बताए ।

बैठकमा प्रत्येक वडामा भौतिक क्षतिको प्रकृति हेरी ब्यवस्थान गर्ने गरि ग्याबिन जाली प्रदान गर्ने निर्णय भएको छ ।

बैठकमा प्रत्येक वडाका अध्यक्षहरुले आफनो वडामा भएको क्षतिको बिषयमा जानकारी गराएको थिए । जसअन्तर्गत वडा नं १ दुदिलाभाटीमा १ परिवार बिस्थापित र ६ घरपरिवार प्रभाबित बनेका छन भने १ सय रोपनी खेत खोलाले कटान र पुरेको छ । वडा नम्बर २ नरेठाँटीमा ५ घरपरिवार बिस्थापित, २२ घरपरिवार प्रभाबित र २ सय मुरी उत्पादन हुने खेत कटान र पुरेको छ । वडा नम्बर ३ मा ३ घरपरिवार प्रभाबित बनेका छन । त्यस्तै वडा नम्बर ४ मा १ परिवार बिस्थापित र ५ घरपरिवार प्रभाबित भएको वडा अध्यक्ष बल बहादुर खत्रीले बताए । त्यस्तै वडा नम्बर ५ मा ३ घरपरिवार बिस्थापित, ईलाका प्रहरी कार्यालय हरिचौरको प्रतिक्षालय पुर्ण रुपमा क्षति, महिला सामुदायीक भवन उच्च जोखिममा, प्रहरी कार्यालय देखि हरिचौर बजार जोड्ने झुलुङगे पुलबाट आवतजावत पुर्ण रुपमा बन्द भएको वडा अध्यक्ष नारायध्वज मल्लले बताए । खोलाले पुलको एका तर्फको जिपको ढुङगा बगाएपछि आवतजावतमा समस्या देखिएको हो ।

त्यस्तै वडा नम्बर ६ मा ५ घरपरिवार बिस्थापित, ३ घरपरिवार प्रभाबित, पार्वती माद्यमिक बिद्यालय उच्च जोखिममा रहेको छ भने ३० मुरी उत्पादन हुने खेत पुरेको वडा अध्यक्ष नर बहादुर खत्रीले बताए । त्यस्तै वडा नम्बर ७ मा ११ घरपरिवार प्रभाबित बनेका छन भने ३० मुरी उत्पादन हुने खेत कटान र पुरेको वडा अध्यक्ष टिका बहादुर थापाले जानकारी दिए ।

तस्वीर र भिडियो : घनश्याम गौतम, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *