त्रिभुवन मावि कुर्घामा विद्यालय व्यावस्थापन समिति गठन !

कमल पौडेल, गुल्मी २०७३ पुस १९ । त्रिभुवन मावि कुर्घा ५ भुवाचिदिमा विद्यालय व्यावस्थापन समितिको गठन गरिएको छ । आज (मंगलवार) भएको अभिभावकहरुको भेलाले जंग वहादुर रायमाझीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समितिको गठन गरेको हो ।

समितिको सदस्यहरुमा कृष्ण वहादुर रायमाझी, देव वहादुर पछाई, सपना रायमाझी, सिता कार्कि, र बालकुमारी राकस्कोटी रहेका छन् । त्यस्तै भेलाले रुद्रहरी शर्माको अध्यक्षतामा शिक्षक अभिभावक संघको समेत गठन गरेको छ ।

कार्यक्रममा श्रोत व्यक्ती देविराम शर्मा, गाविस सचिव एवं अध्यक्ष पाराश्वर पन्थी, निवर्तमान गाविस अध्यक्ष झविराम शर्मा, विद्यालयका पूर्व सदस्य कमला शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम निवर्तमान विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्क वहादुर खड्काको अध्यक्षता, प्रधानाध्यापक राम वहादुर थापाको स्वागत मन्तव्य तथा शिक्षक दधिराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.