भीमसेन क्याम्पस बिहुँमा एक हप्ते धनधाञ्चल ज्ञान महायज्ञ शुरु !

बागलुङ, २०७३ फागुन १४ । भीमसेन क्याम्पस बिहु बागलुङको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उदेश्यले आयोजना गरिएको एक हप्ते धनधाञ्चल ज्ञान महायज्ञको उद्घाटन शनिवार सम्पन्न भएको छ । शुक्रवारदेखि महायज्ञ शुरु भएपनि शनिवार उद्घाटन गरिएको आयोजकले जनाएका छन् ।

फागुन २१ गतेसम्म भीमसेन उच्च मावि बिहु १ बागलुङमा सञ्चालन हुने धौलागिरि बागलुङ भीमसेन शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधाञ्चल ज्ञान महायज्ञको विद्यालयका संस्थापक सदस्य लालबहादुर केसीले गरेका थिए ।

महायज्ञ उद्घाटन कार्यक्रममा प्रमुख अतिथि केसी, महायज्ञका कथा वाचक पण्डित कमल नयन गौतम, सांसद केशरी घर्ति, पूर्व सांसद गोविन्द शर्मा कंडेल, पूर्व सांसद एर्व महायज्ञ आयोजक समितिका निर्देशक टंकप्रसाद शर्मा कंडेल, नेपाली कांग्रेसका क्षेत्रीय उपाध्यक्ष शिवप्रसाद कंडेल, एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, एमालेका युवा नेता तथा पूर्व विद्यार्थी हिराबहादुर केसी, विद्यालयका पूर्व विद्यार्थी एवं एविसी टेलिभिजनका निर्देशक शुभशंकर कंडेल, विहु गाविसका सचिव मनोज कार्की, संस्थापकका परिवारका तर्फबाट डिलबहादुर कार्की, बिहुकोट समाज जापानका सहसंयायेजक डिपी कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष जब्बरबहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ आयोजक समितिका विशिष्ठ उपाध्यक्ष भीमबहादुर खड्का र सञ्चालन विद्यालयका प्राचार्य एवं मुल आयोजक समितिका महासचिव रघुनाथ कंडेलले गरेका थिए ।

महायज्ञको दोस्रो दिन शनिवारसम्म ५७ लाख ८४ हजार ३ सय ८७ रुपैया संकलन भइसकेको मुल आयोजक समितिका कोषाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *