एक महिनामा ६ सय ७७ सवारी कारबाहीमा, ४ लाख ४३ हजार राजस्व संकलन !

कोपिला कंडेल,बागलुङ २०७५ असार ११ । जिल्ला ट्राफिक कार्यालय बागलुङले पछिल्लो १ महिनामा मात्र ४ लाख बढि राजस्व संकलन गरेको छ । सवारी नियम बिपरीत सवारी संचालन गर्ने ६ सय ७७ जनालाई कारवाही स्वरुप गरिएको जरिवानाबाट ४ लाख ४३ हजार रुपयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख छब बहादुर घर्तीले ईबागलुङलाई जानकारी दिए ।

कारबाहीमा परेका सवारी मध्य ७८ वटा ट्रकबाट ४५ हजार ५ सय २८ बस बाट ११ हजार,२ सय २० कार जिप डेलिभरी भ्यान लगायत बाट १ लाख ६९ हजार, २ सय २० मोटरसाईकल र स्कुटरबाट १ लाख ५८ हजार, ८८ वटा ट्याक्टरबाट ५३ हजार गरी जम्मा ४ लाख ४३ हजार राजस्व संकलन भएको ट्राफिक प्रमुख घर्तीले बताए ।

सदरमुकाम बागलुङ बजारमा बढ्दो सवारी चापका कारण दुर्घटना बढ्दै जाने सम्भावनालाई मध्यनजर गरी ट्राफिक नियममा कडाई गरिएको उनको भनाई थियो ।

कारबाहीमा पर्ने सवारी साधनमा बिना लाईसेन्स सवारी चलाउने,ट्राफिक नियम भन्दा बढि यात्रु राखेर सवारी हाक्ने, बढी स्पीड र बिना हेल्मेट मोटरसाईकल स्कुटर चलाउने लगायत नियम बिपरित सवारी संचालन गर्ने चालक र सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरी नियम बिपरित सवारी नचलाउने सर्त स्वरुप छाडिएको ट्राफिक प्रमुख घर्तिले जानकारी दिए । उनका अनुसार ट्राफिक नियमलाई अझै कडाईका साथ लागु गरिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *