लियो र लायन्स क्लबबाट प्राप्त रु २ लाख विद्यालयलाई हस्तान्तरण !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन १४ । सिद्ध माध्यमिक बिद्यालय दर्लिङ ३ खहरेमा लियो क्लब बागलुङ र लायन्स क्लब बागलुङको सँयुतm सक्रियतामा बिद्यालयको शैक्षिक र भौतिक ब्यबस्थापनका निम्ती छुट्याईएको २ लाख रुपैयाको चेक शनिबार प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले प्रअ पुरुषोत्तम चालिसेलाइ हस्तान्तरण गरेका छन् ।

प्रमुख अतिथी प्रजिअ पाण्डेले त्यस्तै सँस्थाले बिखलयलाई ६ वटा ह्वाइर्ट बोर्ड समेत हस्तान्तरण गरेका थिए । गत साउन १२ गते बिद्यालय माथिबाट आएको पहिरोका कारण बिद्यालयको ६ कोठा सहितको भवन पुर्ण रुपमा भत्किएको थियो ।

सो अवसरमा बिद्यालयको शैक्षिक ब्यबस्थानमा समेत समस्या भएका कारण बिद्यालयको शैक्षिक र भौतिक ब्यबस्थापनका निम्ती थप सहयोगका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डे तथा स्थानीय बिकास अधिकारी राम प्रसाद आर्चायले प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम बिधालय ब्यबस्थापन समितीका अध्यक्ष बल बहादुर छन्तयालको अध्यक्षता, बिद्यालयका प्रअ पुरुषेत्तम चालिसेको स्वागत र शिक्षक लेखनाथ आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *