फलेवास नगरपालिका ७ का नेकपा अध्यक्ष पौडेलको निधन

निर्मल पौडेल पर्वत २०७५ असार १० । पर्वत फलेवास नगरपालिका ७ लिमिठानाका नेपाल कम्युनिष्ठ पार्टी एमालेका अध्यक्ष वलराम पौडेलको निधन भएको छ । केहि वर्षयता मुटुको विरामी भएर औषधि सेवन गर्दै आएका पौडेलको ६९ वर्षको उमेरमा िनधन भएको हो ।

२०२४ सालदेखि लामो समय जुझारु कर्मनिष्ठ संघर्षशिल योद्धाको रुपमा कम्युनिष्ठ आन्दोलनमा लागेका पौडेलले २०६६ सालदेखि नेकपा एमालेको अध्यक्ष भएर कार्याभार सम्हालेका थिए । पौडेलको निधन भएसंगै सिङगो गाउँ शोकमा डुवेको छ । उपचारका लागि पोखरा गएका पौडेलको शनिवार साँझ कास्कीको काजिपोखरीमा एक्कासी चक्कर खाएर लडेर रगत वान्ता भएपछि मृत्यु भएको र आज कालीगण्डकी राता ढुङगामा नेकपा पर्वतका नेता भक्त कुँवरले शवमा पार्टीको झण्डा ओढाएका थिए । कुवँर तथा वडा अध्यक्ष हरिराम रेग्मिले पौडेलको निधनले पार्टीलाई अपुरणनीय क्षति भएको भन्दै गहिरो समवेदना प्रकट गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *