बडीगाडमा तरुणदलको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बागलुङ २०७५ असार ९ । नेपाल तरुणदल बडीगाड गाउँपालिका बागलुङको तरुण भेला तथा प्रशिक्षण कार्यक्रम ग्वालीचौरमा सम्पन्न भएको छ । भेलाको उदघाट्न गर्दै तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले मुलुकमा समृद्धि ल्याउनका लागि युवाहरूलाई देशमै बसेर काम गर्ने वातावरण सृजना गर्नुपर्ने बताए। उनले समाजको बिकासका निम्ति तरुण युवाहरूलाई जागरुक भै गाउँगाउँमा संगठन बिस्तार गर्न आग्रह समेत गरे ।

तरुण दलले जिल्लाका सबै स्थानीय तहमा भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा तरुणदलका पुर्व केन्द्रिय सदस्य टेकराज पौडेल, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य गण्डकी थापा अधिकारी, शिक्षक संघ बागलुङका अध्यक्ष तथा काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि उमाकान्त पौडेल, बडीगाड गाउँपालिकाका ७ अध्यक्ष कृष्ण गुरुङ, ५ का अध्यक्ष अर्जुन खरेल,बडप्गाड गाउँपालिका ३ सिसाखानीका काङ्ग्रेसका नेता दिल बहादुर पुन लगाएतले मन्तव्य दिएका थिए।

गाउँपालिका भित्रका तरुण युवा तथा काङ्ग्रेस सुवेच्छुक सहभागी रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न १ का क्षेत्रीय सचिव बिकास पौडेल, बिपि अध्ययन प्रतिस्ठानका अध्यक्ष गोपालकुमार शर्मा र तरुणद्लका पुर्व सचीव लक्ष्मीकान्त पौडेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम तरुणदल बडीगाडका संयोजक कमल चालिसेको अध्यक्षता सहसम्योजक गणेशमान चालिसेको स्वागत र सदस्य बुद्ध परियारको संचालनमा सम्पन्न भएको थियोे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *