गल्कोट समाज जापानको पाचौं अधिवेशन जुलाइ ३१ मा टोकियोमा हुने

गल्कोट २०७५ असार ९ । गल्कोट समाज जापानको पाचौँ अधिवेशनको मिती तोकिएको छ । बागलुङंको गल्ल्कोटबाट जापानमा गई विभिन्न पेशा ब्यवसायमा आबद्ध गल्ल्कोटबासीहरुको साझा संस्था गल्कोट समाज जापानले आफ्नो आगामी पाचौ अधिवेशन आगामी जुलाइ ३१ तारिखमा सम्पन्न गर्ने भएको छ ।

टोकियो ओकुबु स्थित आर एस आर्ट कोर्टमा दिउसो १ बजेदेखि अधिवेशन शुरु हुने गल्कोट समाज जापानका सचिव कृष्ण के.सी.ले जानकारी दिए । अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ कार्यसमिती समेत चयन गर्नेछ ।

सन २००६ मा स्थापना भएको गल्कोट समाज जापानले जापानमै तथा नेपालमा विभिन्न क्षेत्रमा निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ । अधिवेशनमा गल्कोटबाट जापान गई बिभिन्न क्षेत्रमा बसोबास गर्दे आएका सम्पुर्ण गल्कोटे दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि समेत आग्रह गरिएको सचिव केसीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *