जिल्लाबासीहरुलाई सम्मानपूर्वक सेवा प्रवाहगर्न कार्यालय प्रमुखहरुलाई प्रजिअ खरेलको निर्देशन !

कार्यालयहरुबाट सम्पादित कार्यहरु सन्चारमाध्यम मार्फत जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलन सम्पन्न !

कोपिला कंडेल, बागलुङ २०७५ असार ८ । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा आज सदरमुकाम स्थित सरकारी एवं सार्वजनिक संस्थाहरुले जेठ महिनामा सम्पादन गरेका कार्यहरुको बारेमा आमनागरिकलाई सन्चारमाध्यम मार्फत जानकारी दिने उद्देश्यले आयोजित अन्तरकृयात्मक पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला प्रशासन लगायत जिल्लास्थित विभिन्न कार्यालय प्रमुखहरुले जेठ महिनाको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरी तत्कार्यालयहरुबाट एक महिनाको अवधिमा प्रवाह गरिएका सेवा एवं गतिविधीको जानकारी दिईएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रजिअ खरेलले जिल्ला स्थित सरकारी कार्यालयहरुबाट आम नागरिकलाई प्रवाह गरिने सेवा सुविधा प्रति सजग रही सेवाग्राहीलाई सम्मान साथ सेवा प्रवाह गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

प्रजिअ खरेलले बागलुङबासी जनताले तिरेको करबाट तलब खाने हामी राष्ट्रसेवक कर्मचारीहरुले बागलुङ जिल्लाबासीहरुको दिल खोलेर स्वागत सम्मान पूर्वक सेवागर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल श्रीस र उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले कार्यालयबाट सम्पादन हुने सेवाहरुलाई प्रभावकारी गराउनका लागि कर्मचारी बर्ग ईमान्दार र जिम्मेवार बन्नुपर्ने भन्दै जिल्लामा नयांँ प्रमुख जिल्ला अधिकारी खरेल आएपछि नयां कार्यको थालनी भएकोमा प्रशंसा समेत गरेका थिए।

पत्रकार सम्मेलनमा जिल्ला सदरमुकाम स्थित विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालय बागलुङको प्रतिवेदन सोहि कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछाने प्रस्तुत गर्दै जेठ महिनामा १ हजार ८ सय ४२ वटा नागरिकता वितरण गरिएको बताउदै कार्यालयबाट ८ सय ८२, एकिकृत सेवा केन्द्रबाट ३ सय ७३ र घुम्ती शिविरबाट ५ सय ८७ गरी जम्मा १८ सय ४२ थान नागरिकता वितरण गरेको जानकारी गराएका थिए । सोही अवधीमा ३ सय १४ एकिकृत सेवा केन्द्रबाट १ सय ३३ गरी जम्मा ४ सय ४७ वटा नागरिकता प्रतिलिपी समेत वितरण गरेको जानकारी दिईएको थियो । सो अवधिमा कार्यालय र सेवाकेन्द्रबाट ४ सय ५२ वटा राहदानी वितरण गरिएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय र सेवा केन्द्रबाट गरी ४ सय ५२ वटा राहदानी वितरण गरिएको छ भने ३१ लाख ५७ हजार १ सय ७४ रुपया राजस्व संकलन भएको छ ।

प्रतिवेदनमा केही दिन अगाडी प्रमुख जिल्ला अधिकारी खरेलको नेतृत्वमा जिल्लास्थित बिभिन्न कार्यालयको छड्के अनुगमन समेत भएको, अनुगमनका क्रममा कार्यालय समयमा अनुपस्थित रहेका दुई कार्यालय प्रमुख सहित ४८ जना गैर हाजिर रहेकालाई कारबाहीका लागि सम्बन्धीत निकायमा सिफारिस समेत गरेको उल्लेख छ भने अस्ति मात्र आसन छड्के अनुगमनमा १६ जना कर्मचारीहरु परेको बताईएको छ ।

सोहि पत्रकार सम्मेलनमा जिल्ला स्थित बिभिन्न बिषयगत कार्यालयका प्रमुखहरुले जेठ महिनाको प्रगति विवरण एबं कार्यालयका गतिबिधी बारे जनकारी दिएका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मी, लोकसेवा कार्यालयका धौलागिरी अंचल निर्देशक गणेश पौडेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामजी पौडेल, भुसंरक्षण कार्यालयका प्रमुख शेर बहादुर श्रेष्ठ, बन कार्यालयका प्रमुख बिशाल घिमिरे, शिक्षा समन्वय प्रमुख कुश्मराज उपाध्याय, जिल्ला जनस्वास्थ्य प्रमुख दिपक तिवारी, ढोरपाटन शिकार आरक्षका प्रमुख अणनाथ बराल, कर कार्यालयका प्रमुख सूर्य चापागाई भवन डिभिजन प्रमुख प्रकाश अर्याल, सडक डिभिजन प्रमुख थानेश्वर शर्मा, खानेपानी कार्यालयका शेखर चन्द्र केसी, जिल्ला स्थित सुचना अधिकारीहरुको संजालका प्रवक्ता श्याम बहादुर थापा लगायतले आआफ्ना कार्यालयका गतिबिधी बारे जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा सहभागीहरुले दुषित खानेपानीको बारेमा जिज्ञासा व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन प्रशसकीय अधिकृत धीरेन्द्र पन्तले गरेका थिए ।

नयाँ प्रजिअको रुपमा खरेल आउदा आउँदै तमानखोला गाउपालिकाको बोँगादोभान, गल्कोट नगरपालिकाको वडा ११ रिघा र वडा ३ हटिया तथा जैमिनी नगरपालिका- ७ को जैदी बेलबगरमा वडा नं ६, ७ र ८ लाई लक्षित गरी सन्चालित एकीकृत घुम्ती सेवा शिविरको चर्चा चलिरहेकै अवस्थामा सदरमुकाम स्थित सरकारी कर्यालयहरुको हाँजिरी छड्के र त्यस्को लगत्तै गरिएका आसन छड्के कार्यले कर्मचारीलाई कर्तव्य प्रति सजग बनाएको छ भने आम जनतामा यसको सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जिल्लाबासीहरुलाई चुस्त दुरुस्त सेवा प्रवाहकालागि केहि उल्लेखनीय सुधारका कार्यहरु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी धीरेन्द्र पन्तले जानकारी दिए । सेवाग्राहीहरुका लागी सहायत कक्ष, सूचना पाटी आदिको व्यवस्था, राहदानी फाराम निवेदन निशुल्क उपलव्ध गराउने र निवेदन फारम पनि कार्यलयबाट उपलव्ध गराउने व्यवस्था गरिएपछि सेवाग्राहीहरुमा राम्रो प्रभाव परेको पाईएको छ ।

तस्वीर= अर्जुन ढकाल, जिप्रका, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *