तीन दिनमा ७३ सवारी साधन कार्बाहीमा, रु ७३ हजार ५ सय राजश्व संकलन !

बागलुङ २०७५ असार ८ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले विगत तीन दिनमा ७३ वटा सवारी साधनहरुलाई कार्बाही गरेको छ । सवारी चालक अनुमती पत्र नलिएका, सवारी नियम उल्लंघन गरेका स्वरुप परिवर्तन आदिमा कार्बाही गरी रु ७३ हजार ५ सय राजश्व संकलन गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रनानि छबबहादुर जीसीका अनुसार आज मात्र ३८ सवारीहरुलाई कार्बाही गरी रु ३४ हजार राजश्व संकलन भएको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको कडा निर्देशन अनुसार सवारी चेक जाँचलाई तीब्ररुपमा अघी बढाईएको पनि जीसीले ईबागलुङलाई जानकारी दिए ।

सवारी चेक जाँचमा कडाई गरिएको पहिलो दिन २३ दोश्रो दिन १२ र तेश्रो दिन ३८ सवारी साधन कार्वाहीमा परेको ट्राफिक कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *