बाउबासंघको आयोजनमा सन्चालित तीन महिने बुट्टेनली तालिमको समापन

बागलुङ २०७५ असार ८ । बागलुङ उद्योग बाणिज्य संघको आयोजना तथा ललितपुरस्थित व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहयोगमा सन्चालित तीन महिने बुट्टे नली तालीम आज समापन भएको छ ।

तालिममा बागलुङ नगरपालिका स्थित धौलागिरी बहिरा आवासीय बिद्यालयका ३० जना बिद्यार्थीहरुले तालिम लिएका थिए । तालिमको लागि प्रवद्र्धन केन्द्रबाट रु ११ लाख सहयोग प्राप्त भएको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बहिरा आवासीय विद्यालयका बिद्यार्थीहरुलाई सीपमुलक तालिम प्रदान गरेकोमा आयोजक संस्थाहरुको प्रशंसा गर्दै तालीम प्राप्त विद्यार्थीहरुको रोजगारीको लागि प्राप्त तालिम सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका थिए ।

बाउबासंघका अध्यक्ष जयराम भारीको अध्यक्षतामा भएको कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुरका बृष्णराज बजगाई, केबी राना मगर, निर्माणकुमार श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, ईन्द्रा श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन दयाराम पौडेलले गरेका थिए ।

कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी एवं प्रजिअ खरेल लगायत विशिष्ठ अतिथीहरुले प्रमाण पत्र वितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *