ताराखोलाको साँघुबोटमा मोटरेवल पुलको प्याड ढलान !

खगेन्द्र विश्वकर्मा,गल्कोट २०७३ पुस १९ । दरम खोलाको सिर ताराखोलाको साँघुबोटमा नेपाल सरकार सडक विभाग अन्तरगत ४० मिटर लम्बाई ११ मिटर चौडाई रहने गरी ४ करोड ७० लाख लागतमा मोटरेवल पुल नयाँ बाटो, जुम्ली आचार्य जे. भी. निमार्ण सेवाले काम अगाडी बढाएको छ ।

मोटरेवल पुलको वायाँ तर्फको प्याड ढलान सुरु गरेको सडक डिभिजन कार्यलय बागलुङका ईन्जिनियर उज्वल शर्माले बताए ।

बिहु रिचालचोक देखी अमर भुमी, अर्गल, ताराखोला सिप हुदै म्याग्दी किमचौर र रुम जोडने शहिद मोटर बाटोमा तारा खोलाको तारा ५ साँगुबोट र तारा ९ जोड्ने मोटर पुुल निमार्ण हुन लागेको हो ।

२८ महिनामा काम सम्पन्न हुनेगर्ने गरी २०७२ साल फागुन देखी २८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको काम गएको बर्षामा बर्षा र सिमसारले गर्दा काममा प्रभाव परेकोले २५ प्रतिशत काम सम्पन्न भएको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.