गल्कोट नगरपालिका वडा नं ११ का अध्यक्ष श्रीसको समाचार प्रति आपत्ति !

कमल पौडेल, खर्र्वाङ २०७५ असार ६ । गल्कोट नगरपालिका वडा नं. ११ रिघा मा दिलमाया विक र खगि विक विच भएको मिलापत्र तथा त्यस सम्बन्धित घटनाका विषयमा आफ्नो नाम जोडिएको प्रति वडा अध्यक्ष डम्बर श्रीसले आपत्ति जनाएका छन् ।

वडा अध्यक्ष श्रीसले गत २०७४ फागुन २६ गते साविक रिघा गाविस वडा नं. ४ की दिलमाया विक र वडा नं. ५ निवासी खगि विक विच वोक्सी आरोपको उजुरी परेको र आफ्नै रोहवरमा सामुदायीक मेलमिलाप केन्द्रमा मिलापत्र गरेको तर व्यक्तिगत लेनदेनको विषयमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । साथै सो घटना सार्वजनिक भएलगत्तै वडा कार्यालयमा वोलाइएर दिलमाया विकलाई थर्काएको भन्ने समचार सरासर झुट र कपोकल्पित भएको र आफ्नो गम्भिर ध्यानाकर्षण भएको श्रीसले बताएका छन् ।

आफूले जनताको सेवालाई सर्वोपरी राख्दै सामाजिक न्यायको लागि निरन्तर लडिरहेको भन्दै कसैको व्यक्तिगत आग्रहमा समचार संप्रेषण गर्न नहुने भन्दै सम्बन्धित पक्षलाई तत्काल सच्याउन आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *