बडीगाड पूर्ण खोपयुक्त गाउपालिका घोषित : उपस्थित जनसमुहव्दारा प्रतिवद्धता पत्रमा हस्ताक्षर (तस्वीर)

दिनेश शर्मा, बडीगाड २०७५ असार ५ । बडीगाड गाउपालिका आज एक कार्यक्रमवीच पूर्ण खोपयुक्त गाउपालिका घोषित भएको छ । स्थानिय स्वामित्व र सहभागिता पुर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुलनाराका साथ सुरु भएको कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले व्यानर वाचन गरेर उद्घाटन गरेका थिए ।

गाउपालिका अध्यक्ष मेहरसिंंह पाइजाको अध्यक्षता ,जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यता उपप्रमुख बिष्णु भुसाल ,ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली ,ने क पा का तर्फबाट सुनिल शेरचन,काङ्ग्रेसको तर्फबाट प्रेम नारायण भट्टराई, रा ज मो का तर्फबाट भिमलाल पोख्रेल लगायतको बिशेश आतिथ्यता रहेको थियो।

कार्यक्रममा कार्यकारी अधिकृत अर्जुन शर्मा,वडाध्यक्ष्यहरु क्रमश: वडा न १,२,३,४,५,६,८,९,१० का बोम बहादुर थापा, हिमा खरेल, खडक पुन, प्रेम गलामी, अर्जुन प्रसाद खरेल, यम बहादुर श्रीस, कृष्ण बहादुर खत्री , वीरेन्द्र बुढा, कार्यपालिका सदस्यहरु,कबिराज सुनार, केदार नेपाली, सोमन्त सलामी, मीन कुमारी माझी विभिन्न बिधालयका प्रधानाध्षमकहश्र लगायतको आतिथ्य्ता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ढुँगाना, उपप्रमुख भुषाल, ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपाली, जिल्ला खोप फोकल पर्सन बिरेन्द्र चौधरी, नेकपामा शुनील शेरचन, काँग्रेसका पदम बहादुर बिक, जनमोर्चाका भिमलाल पोखरेलले बोलेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढुंगानाले स्वास्थ्य सम्बेदनशील पक्ष रहेको भन्दै यो पुर्ण खोप गाउपालिका टिकाइ राख्न सबैले प्रतिबद्द्धता ब्यक्त गर्नुपर्ने बताएका थिए।

अध्यक्ष मेहरसिह पाइजाले प्रतिवद्धता पत्र पढी हस्ताक्षर गरेपछी सबै अतिथी तथा आम ब्यक्तिहरुले हस्ताक्षर गरेर प्रतिबद्धता ब्यक्त गरेका थिए।
कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले स्वास्थ्यकर्मीलाई पुर्ण खोपयुक्त गाउपालिका घोषणाका लागि धन्यबाद ज्ञापन गर्दै स्वास्थ्यको क्षेत्रमा सम्बेदनशील हुन आग्रह गरेका थिए।

कार्यक्रम कमल पौडेलको सन्चालनमा सम्पन्न गरिएको थियो। कार्यक्रममा ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान समेत गरिएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मी स्थानीय बुद्धिजीवी, बिधार्थी , शिक्षक लगायतको व्यापक सहभागित रहेको थियो । बिधार्थी, शिक्षक,स्वास्थ्यकर्मी नेता तथा बुद्धिजीवीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकि बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो।

बडिगाड गाँउपालिका जिल्लाको ९ औ पुर्ण खोप पालिका बनेका छ । यस पछि नगरपालिकाहरुम घोषणा कार्यक्रम राखी जिल्लालाइ नै पुर्ण खोप घोषणाको तैयारी भइरहेको खोप फोकल पर्सन चौधरीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *