गल्कोट नगरपालिकाको टोलीव्दारा नरेठाँटीमा वर्षतले पुगेको क्षतीको अनुगमन !

गुमानसिँह घण्डारी, गल्कोट २०७५ असार ५ । गल्कोट नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृष्णप्रसाद गौतम सहितको टोलीले गल्कोट नगरपालिका २ नरेठाँटीमा बर्षातले पु¥याएकोे क्षतिको स्थलगत अवलोकन गरेको छ ।

टोलीले नरेठाटीका ईन्दुराज भण्डारीको घरमा पहिरोले पु¥याएको क्षति, नरेठाटी पयुडाडाँ हुदै गल्कोट नगरपालिकाको कार्यालय जोड्ने मोटरबाटो, नरेठाटीको खेलमैदान, चुक्दी खोलाले कटान गरेको खेत लगायतको अवलोकन गरेको हो । अवलोकनमा क्रममा बोल्दै अधिकृत गौतमले क्षतिको अवस्थाका आधारमा नगरपालिकाले तत्काल सहयोग प्रदान गर्ने बताए । बजार माथीदेखि पहिरो झरेकाले नरेठाटीबासी त्रासमा रहेका थिए ।

मोटरबाटोको सफाई र नाली कटान गरेसँगै बजारबासीलाई सुरक्षित महसूुस भएको वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताए । यसैबिच नरेठाटीमा बर्षातका कारण दुई घरपरिवार बिस्तापित बनेका छन भने ४ घरपरिवारको घरमा आंशिक क्षति भएको छ । जसमा मान बहादुर नेपाली र राम बहादुर नेपाली बिस्तापित बनेका छन् । आंशिक क्षति हुनेहरु होम बहादुर नेपाली, ढक बहादुर नेपाली, प्रेम बहादुर भण्डारी र धन बहादुर कुबर जोखिमयुक्त घरमा बस्दै आएको वाड अध्यक्ष भण्डारीले बताए । त्यस्तै नरेठाटी बजार नजिक भएर बग्ने चुक्दी खोलाले करिब ५०, ६० मुरी धान उत्पादन हुने खेत पुरेको छ । बर्षातका कारण भएको क्षतिको संकलन कार्य चलिरहेको प्राबिधिक साहायक यादव रेग्मीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *