अबिरल वर्षा र पहिरोले अधिकांश ग्रामिण मोटरबाटोहरु क्षतीग्रस्त, आवत जावतमा समस्या !(भिडियो)

बागलुङ २०७५ असार ५ । बिगत केहि दिनदेखीको अबिरल वर्षाका कारण जिल्लाका ग्रामीण मोटर बाटो (सडक)हरुलाई निकै बढी क्षेती पुगेको, कतै पहिरो गएर केहि घरहरुलाई क्षेती पुग्नुका साथै केहि परिवार पहिरोका कारण बिस्थापित भएको सहकर्मीहरुबाट समाचार प्राप्त भएका छन् ।


जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीसंग केहि दिनदेखी परिरहेको बर्षाबाट जिल्लामा भएको हानी नोक्सानी बारे जानकारी लिँदा उनले हालसम्म कुनै मानवीय तथा पशु चौपायको क्षेती पुगेको सूचना प्राप्त नभएको बताउदै ग्रामीण मोटरबाटोहरु ठाउँठाउँमा भत्किएर कतै आवत जावत ठप्प बनेको र कतै अतिकष्टर यात्रा गर्नु परेको जानकारी दिए ।

प्रहरी उपरीक्षक रेग्मीले अबिरल बर्षाका कारण पहिरोले जिल्लाको धेरै ठाउमा क्षेती पुगेको जानकारी दिँदै गल्कोट क्षेत्रमा केहि घरहरुमा पहिरो पस्दा बस्न नहुने गरी क्षती पुगेको छ र उनिहरु विस्थापित बनेर अन्यत्रै बसाई सरेको बताए ।

मध्यपहाडी लोकमार्ग : तस्वीर- मित्र खरेल, गल्कोट ।
प्रउ रेग्मीले काठेखोला गाउपालिकाको रेश र लेखानी बीचको खोलाको झोलुंगे पुलको एकातिरको जीप भत्किएर पैदल यात्रुहरुलाई समस्या परेको बताए । उनले बरेङ गाउँपालिकाको बरेङ डाँडाको बिद्यालयको एउटा ब्लक भत्किाएको जानकारी दिए ।

जिल्लाको दक्षिण भेगमा समेत वर्षा र पहिरोले मोटर बाटोहरुलाई निकै क्षती पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । कालीगण्डकी कोरिडोरको विभिन्न खण्डमा पहिरो खसेर सडक यातायात अबरुद्ध बनेको बताउदै प्रहरी उपरीक्षक रेग्मीले कालीगण्डकी करिडोरको जैमिनी बाँजाखेत देखी बेलबगर सम्मको खण्ड पहिरोले अवरुद्ध हुँदा करीब तीन घण्टाको पैदल हिँडेर प्रजिअ बेदप्रसाद खरेल सहित एकीकृत घुम्ती सेवा शिविर टोली बेलबगर शिविरस्थल पुगेको बताए । पछी स्काभेटर लगाएर करिडोरको पहिरो हटाएपछी यातायात सुचारु भएको उनले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग : तस्वीर- मित्र खरेल, गल्कोट ।
उता गल्कोटबाट सहकर्मी गुमानसिँह भण्डारीले दिएको जानकारी अनुसार गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी चौराहका स्थानियले प्रयोग गर्दै आईरहेको खानेपानीको ट्याङ्की बर्षातका कारण पुरिएपछि खानेपानीको समस्या भएको छ । शनिबार र आईतबारको बर्षातका कारण दुदिलाभाटी पात्लेखोलामा निर्माण गरिएको खानेपानीको ट्याङ्की पहिरोका कारण पुरिएको छ भने बाहिरको पर्खाल भत्किएको छ र पाईप समेत बगाएको स्थानियको भनाई छ ।

नरेठाटी प्रहरी चौकीका प्रमुख सचिव कुमार सिहले दिएको जानकारी अनुसार खानेपानीको ट्याङ्की मर्मतका लागी करिब १० लाख खर्च लाग्ने बताए । त्यस्तै बर्षातका कारण दुदिलाभाटी गौदीका कर्ण बहादुर बिकको घर पछाडीबाट पहिरो झरेपछि एउटा कोठा पुर्ण रुपमा भत्किएको छ । माथीबाट पहिरो निरन्तर झर्ने गरेका कारण घरमा बस्नै जोखिम रहेको बिकले बताए । त्यस्तै बर्षातका कारण दुदिलाभाटी रुपाखानीका लाल बहादुर घर्तीको गोठ र चर्पी पहिरोको उच्च जोखिममा परेको छ । घर्तीको करिब ३ लाख बराबरको जग्गा भलले गर्दा पुरिएको छ ।

मध्यपहाडी लोकमार्ग : तस्वीर- मित्र खरेल, गल्कोट ।
केहि दिन पहिले गल्कोट उपत्यकामा परेको भीषण वर्षाले मध्यपहाडी लोकमार्ग गल्कोट खण्डमा पहिरोले धेरै ठाउँमा सडक अबरुद्ध भै यात्रुहरुले सास्ती व्यहोर्नु परेको सहकर्मी मित्र खरेलले सचित्र समाचार पठाएका छन् । उनले पठाएको तस्वीर र भिडियोले वर्षा र पहिरोले मध्यपहाडी लोकमार्गको बेहाललाई चित्रण गरेको देख्न सकिन्छ । अविरल वर्षा र पहिरोले मध्यपहाडी लोकमार्गको त यो हाल छ भने गाउँगाउँमा खनिएका मोटरबाटो हाल कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै कुस्मीसेराबाट सहकर्मी सुजन प्रेमीले दिएको जानकारी अनुसार बरेङ जाने ग्रामिण सडक बिभिन्न भागमा वर्षा र पहिरोले क्षेती पुराएकोले सडक यातायात अवरुद्ध बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *