समाजका बिकृतिहरु हटाउने प्रमुख दायित्व युवाहरुको- नेता पन्थी

अनिश शर्मा गैरे, वामी गुल्मी २०७३ फागुन १३ । नेपाली काँग्रेस गुल्मी जिल्ला कार्य समितिका सचिब खिलध्वज पन्थीले समाजका बिकृतिहरु हटाउने प्रमुख दायित्व युवाहरुको भएको बताएका छन् । न्यु प्रगतीशिल युवा परिवार पौदी अमराईको आयोजनामा भएको शिबरात्रि बिशेष तथा १५ औ बार्षिकोत्सब कार्यक्रमको आज समापन गर्ने कार्यक्रममा बोल्दै उनले समाजलाइ कुन दिशाबाट हिडाउने भन्ने सबै जिम्मा युवाहरुको भएको बताए ।

पौदी अमराइमा युवाहरु संगठित भइ क्लबको स्थापना गरेर समाजमा गरेका कामहरुको प्रशंसा गर्दे उनले यसरी नै युवाहरु देशमा संगठित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेता पन्थीले गुल्मी जिल्लालाइ बिकासमा कत्ति पनि पछाडी नपार्न आफुहरु लागि परेको बताए ।

उनले स्थानीयहरुले पौदी अमराइमा आबश्यक परेका बिकास सम्बन्धी मागहरु प्रस्तुत गरेपछि उहाँले आगामी आर्थिक बर्षमा पौदीअमराइका जनताले लिफटिङ्ग प्रबिधि मार्फत पानी प्रयोग गर्न पाउने जानकारी दिए । ग्राभेल गरिएको राम्रो सडक हँुदा पनि गाडी नहिड्ने समस्यालाइ पनि निराकरण गर्न आफुले ब्यबस्था गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस क्षेत्र नम्बर ३ का सभापति भगत सिँह खड्काले संबिधान जारी भएको कागजमा मात्र नभइ समग्र देश र नागरीकको बिकासको लागि भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस इलाका नम्बर ९ का संयोजक झबिलाल भण्डारी, नेका वामी सभापति सुदर्शन शाक्य, नेका पौदी अमराइका सभापति दान बहादुुर केसी, एम्बुलेन्स अभियन्ता मोहन घिमिरे लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष लाल बहादुर नेपालीको अध्यक्षता रहेको थियो भने नेका गुल्मीका सचिब खिलध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भगत सिँह

कार्यक्रममा समाजसेवी ढालेन्द्र बिकले स्वागत गरेका थिए भने सञ्चालन खेल संयोजक शक्तिराज घिमिरे तथा लालु गीरीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *