युवा समाजसेवी कलाकार लक्ष्मण श्रीको ‘मनको घाऊ निको पार्ने….’ गीति अल्वम सार्वजनिक !

बागलुङ २०७५ असार ४ । कलाकार श्री लाई मनको घाऊ निको पार्न औषधि नचाहिने ???? उत्कृस्ट शब्द मन छुने संगीत मिठो आवाज र विशेष फरक शैलीको काम गर्न रुचाउने निर्देशक छनोट गर्न खपिस युवा समाजसेवी कलाकार लक्ष्मण श्री को प्रस्तुतिमा रहेको आधुनिक एल्बम रचनाको पाचौं नम्बरको प्रतिक्षित गीत ‘मनको घाऊ निको पार्ने मलम हौं तिमी, यो दिलमा नाम लेख्ने कलम हौं तिमी,को भिडियो भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

बागलुङ जिल्लाका लक्ष्मण श्री सबै तिर लगायत विशेष गरि बागलुङ धौलागिरीमा सामाजिक क्षेत्रमा निकै चर्चित नाम हो ।सबैसंग मिलनसार श्री सोचाई, महसूस, इच्छा र परिभाषित गर्ने स्वभाव भएका लक्ष्मण श्री बागलुङका एक सफल उद्यमी व्यबसायी हुन् । लक्ष्मण श्रीको अनुपम स्वर छ ।

रचना एल्बममा समावेश गीतका गीतकार नेपाल प्रहरीका पूर्व प्रहरी बरिष्ठ उपरिक्षक (एस.एस.पि) हुन । बीबि अनुरागीको एरेन्ज र संगीत रहेको गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

भिडियोमा समाजसेवीरकलाकार लक्ष्मण श्री सँगै चर्चित अभिनेत्री बेनिश हमाल देखा परेकी छिन। जसमा यी दुईले दम्दार अभिनय गरेका छन् । यस अघी करिश्मा मानन्धार, केकी अधिकारी ,पार्वती राई अन्जु निरौला, गीता राई , रचना लामा लगायत अन्य कलाकार संग काम गरिसकेका छन् श्री ।

क्वान्टीटी भन्दा क्वालिटीको काम गर्न रुचाउने श्री को बुझाई छ । अरु दुइ गीतको काम सकिऎसि गरिबका लागि काम गर्ने सामाजिक सस्थालाई सहयोग गरि बिमोचन गर्ने सोचमा छन । लक्ष्मण श्रीको सबै गीतहरु उनकै आवाज र अभिनयमा रहेका छन् उनी भोलिका दिनहरुमा ल्फिममा लगानी गरि काम गर्ने योजनामा भएको ईबागलुङलाई जानकारी दिए । 4k ultra HD प्रोडक्सनले बनाएको भिडियोमा अब्बल हस्ती अर्जुन तिवारीको छायांकन र कथा अनुरुप नै दृष्य सम्पादन गर्न माहिर बिकाश दाहालको सम्पादन रहेको छ ।

अहिलेका चर्चित निर्देशक तथा भिडियो सम्पादन निशान घिमिरे यस म्युजिक भिडियोका निर्देशक हुन् । आफ्नो कार्य कौशललाई फरक ढंगमा प्रस्तती दिन रुचाउने निर्देशक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *