माओवादी केन्द्र मुसिकोटको सम्मेलन सम्पन्न !

राजन घिमिरे, गुल्मी, २०७३ फागुन १३ । नेकपा माओवादी केन्द्र गुल्मीले मुसिकोट वडा कमिटीको सम्मेलन सम्पन्न गरेको छ । मुसिकोट नगरपालिका अन्तर्गत पर्ने साविकको मुसिकोट गाविसलाई वडा कमिटीमा परिणत गरी सो पार्टीले आज सम्मेलन समापन गरेको हो । सो पार्टीका केन्द्रिय आयोजक समिति सदस्य तथा नम्वर ईलाका कमिटी ईञ्चार्ज खुमबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो । कार्यक्रममा अर्का केन्द्रिय आयोजक समिति सदस्य सुरेन्द्र नेपालीको विशेष अतिथ्यता रहेको थियो ।

सम्मेलनले केशव रायमझीको अध्यक्ष्तामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्षमा भिमकुमारी नेपाली सर्वसम्मत निर्वाचित भएकी छिन् । सचिवमा रामचन्द्र पोखरेल , सह–सचिवमा नरबहादुर थापा , कोषाध्यक्षमा ज्ञानबहादुर नेपाली निर्वाचित भएका छन् ।

त्यस्तै सम्मेलनले वाईसियल मुसिकाट वडा कमिटी समेत गठन गरेको छ । अध्यक्षमा डिलबहादुर नेपालीलाई सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा गोपाल रायमाझी, सचिवमा आशिष नेपाली , सह–सचिवमा रोशन थापा र कोषाध्यक्षमा प्रकाश नेपाली सहित ९ सदस्यीय वडा कमिटी गठन गरेको जनाईएको छ । त्यस्तै पुर्व मुसिकोट गाउँ कमिटी अध्यक्ष भागिरथ घिमिरेको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।
केशव रायमाझीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा रामचन्द्र पोखरेलको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.