चौराहमा प्रत्यक तीन वर्षमा गरिने पुन समुदायको कुलपूजा सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार ४ । गल्कोट नगरपालिका १ दुदिलाभाटीमा बसोबास गर्ने खामी श्रीस, सामे घर्ती काउचा र सामी, खामी पुनहरुको सयुक्त कुल पुजा सम्पन्न भएको छ ।

ऐतिहासिक कालखण्डमा दुदिलाभाटी चौराहमा खानी खनेर जीवन गुजार्दै आएका मगरहरुले सयुक्त रुपमा बिधिवत रुपमा कुल पुजा सम्पन्न गरेका हुन । दुदिलाभाटीको उच्चस्थान चौराहमा करिब २ सय घरपरिवारको १ सय २० बोका बलि दिईएको श्रीस समुदायका अध्यक्ष बेग बहादुर श्रीसले ईबागलुङलाई बताए ।

दुदिलाभाटीमा बसोबास गर्ने श्रीस, पुन र काउचा समुदायको कुल मन्दिर एउटै ठाउमा भए पनि मन्दिरको दायाँ, बायाँ गरेर पुजा गर्ने गरिएको काउचा समुदायका अध्यक्ष डिल बहादुर काउचाले जानकारी दिए ।

प्रत्येक ३ बर्षको अन्तरालमा आफुहरुले पुजा गर्दै आएको पुन समुदायका अध्यक्ष बल बहादुर पुनको भनाई छ । सम्पूर्ण मगरहरुले एउटै मन्दिरमा पुजा गर्दा आपसी सम्बन्ध नजिक हुने समाजसेवी बम बहादुर श्रीसले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *