वर्षा र पहिरोले गर्दा नरेठाँटीका चार घर बिस्थापित !

गुमानसिँह भण्डारी, गल्कोछ २०७५ असार ४ । निरन्तरको बर्षातका कारण गल्कोट नगरपालिका वडा नम्बर २ नरेठाँटीका ४ घरपरिवार बिस्थापित बनेका छन । स्थानिय बुल बहादुर केसीले दिएको जानकारी अनुसार नरेठाँटी मसराका तिर्थ बहादुर दर्जीको घर, गोठ र चर्पी माथीबाट पहिरो झरेपछि परिवार बिस्थापित बनेका हो ।

त्यस्तै नरेठाँटी जस्पुरका मान बहादुर नेपाली, ठक बहादुर नेपाली र राम बहादुर नेपालीको घर माथीबाट पहिरो झरेपछि घरमा बस्नै नमिल्ने भएको केसीको भनाई छ ।

पहिरो निरन्तर रुपमा झरेका कारण उनिहरु छिमेकीकोमा सरेका छन । आर्थिक अवस्था कमजोर भएका दर्जी र नेपालीहरुलाई बस्नका लागी समस्या देखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *