आत्महत्या !

नयन अधिकारी

उसले आत्महत्या गर्नु अघि ,
कायर भन्थ्यो आफैं मर्नेहरुलाई
र हिम्मतवाला भन्थ्थो ,
बाँच्नुको नाममा मात्र सास फेर्नेहरुलाई

जीवनको हाइवेमा
दुर्घटनाग्रस्त जिन्दगी !
अभाव, दु:ख र पिडाहरुको
कतै बिमा नहुँदो रहेछ।

अन्तिम पटक लामो सास भित्र तान्दै ,
लामो सास बाहिर फ्याल्यो ….
र यसरी लेखिदियो आफुलाई
सुसाइड नोटमा,

मृत्युको ह्याङ्गगरमा एउटा जिन्दगी ,
झुण्डाउन पनि त हिम्मत चाहिदो रहेछ।

२०७५ असार ४ ।
भरतपुर ,चितवन

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *